• होमपेज
  • समाचार
  • पोखरामा एक युवक मृत भेटिए

पोखरामा एक युवक मृत भेटिए

  • आइतवार, बैशाख ५, २०७८
पोखरामा एक युवक मृत भेटिए

पोखरा — पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा महानगरपालिका २७ स्थित दिपाङ्ग एडभेन्चर क्याम्पमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार साथीहरूसित दीपाङ्ग एडभेन्चर क्याम्पमा पुगेका पोखरा १५ नयाँगाउका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको जिल्ल प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

सात जना साथीसहित साँझ क्याम्पमा पुगेका घले शनिबार मृत फेला परेको डिएसपी हमालले बताए । घले विहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा बेहोस अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी हमालले बताए ।

चर्चामा

सम्बन्धित समाचार