• होमपेज
  • समाचार
  • लुम्बिनी प्रदेशमा ४ जना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशमा ४ जना संक्रमितको मृत्यु

  • आइतवार, बैशाख ५, २०७८
लुम्बिनी प्रदेशमा  ४ जना संक्रमितको  मृत्यु

गएराति करिब ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ : ४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका –१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ ।

हाल सम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार