मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार संक्रमित भेटिए, १३३८ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार संक्रमित भेटिए, १३३८ को मृत्यु

  • शनिबार, बैशाख ४, २०७८
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार संक्रमित भेटिए, १३३८ को मृत्यु

भारतमा कोरोनाभाइरसले स्थिति निकै नाजुक बनाएको छ । हरेक राज्य, हरेक शहरमा पहिलो चरणको तुलनामा असाध्यै धेरै संक्रमित भेटिएका छन् । शुक्रबार पहिलो पटक एक दिनमा २ लाख ३३ हजार ७५७ संक्रमित फेला परेका छन् । यतिबेला १ लाख २२ हजार ८३९ बिरामी निको पनि भए । भारतभरि हालसम्म १ करोड ४५ लाख मानिस कोरोनाद्वारा संक्रमित भएका छन् ।

यसका साथै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १३ सय ३८ ले ज्यान गुमाइसकेका छन् । मृतकको यो संख्या सरकारी हो । शवदाह स्थल, कब्रिस्तानमा योभन्दा थुप्रै गुणा बढी शव पुगेका छन् । त्यहाँका तस्बिर निकै डरलाग्दो छ ।
भारतको कोरोना अपडेट्सः

– उत्तर प्रदेशमा कोरोनाका कारण बिग्रँदो स्थितिलाई मध्यनजर गर्दै आइतबार लकडाउन लागू गरिएको छ । यतिबेला आपतकालीन सेवा मात्रै जारी रहनेछ । लकडाउनका बेला हरेक जिल्लामा स्यानिटाइजेशनको काम हुनेछ ।

– यूपीमा मास्क लगाउनेमाथि कडा कारवाही गरिनेछ । मास्क नलगाउँदा पहिलो पटक हजार भारु जरिवाना लगाइनेछ भने दोस्रो पटक नियम तोड्नेलाई १० हजार भारु जरिवाना तोकिएको छ ।

– कोरोनाको बढ्दो मामिलाका बीच देशका १२ राज्यमा मेडिकल अक्सिजनको संकट गहिरिँदै गइरहेको छ । अक्सिजनको कमीका कारण मानिसहरुको मृत्यु भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार