• होमपेज
  • समाचार
  • चट्याङबाट तीनजनाको मृत्यु, ४ घाइते

चट्याङबाट तीनजनाको मृत्यु, ४ घाइते

  • शुक्रबार, बैशाख ३, २०७८
चट्याङबाट तीनजनाको मृत्यु, ४ घाइते

३ वैशाख, काठमाडौं — बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया रोहिता मगर र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीय खिमलाल कँडेल छन् । उनीहरुमध्ये दुईजना घरमै र कँडेल चाहिँ गोठमा जाँदै गरेका वेला चट्याङ्ले लागेको थियो ।

विपद व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका अनुसार तेह्रथुममा १६ र १३ वर्षकी दुई बालिका, ताप्लेजुङमा ५० वर्षीया महिला र बाग्लुङमा एक ४५ वर्षीया महिला घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार