• होमपेज
  • कला /साहित्य
  • के यो साँच्चै हो?

के यो साँच्चै हो?

  • शुक्रबार, बैशाख ३, २०७८
के यो साँच्चै हो?

सुरेशकुमार पान्डे–अहिले शोशिल मिडियामा छता छुल्लै ओलिको राष्ट्रवाद नाङ्गिएर आएकोछ।
२०७७ साल कात्तिक ५ गते “रअ”का प्रमुख सामन्त कुमार गोयल र प्रधानमन्त्री केपी ओलीबिच बालुवाटारमा मध्य राती राष्ट्रघाती ४ बुँदे सहमति भएको खुलसा भएको छ।पहिलो बुँदामा नेपाल र भारतका समस्या वार्ताको माध्यमबाट समाधान गरिने उल्लेख गरिएकोछ भने दाेस्राे बुँदामा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा ओलीले चाल्ने कदममा भारतले साथ दिने उल्लेख गरेको छ । तेस्राे बुँदामा नेपाल भारत सीमा समस्या उच्चस्तरबाट हल गर्न सहमति छ भने कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकन अन्य कदम नचाल्ने ओलीकाे प्रतिबद्धता छ । चाैथाे बुँदामा भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने र एमसीसी पारित गर्न मोदीले सहयोग गर्ने कुरा उल्लेख छ। सहमति पत्रमा नेपालको तर्फबाट प्रधानमन्त्री ओली र भारतको तर्फबाट सामन्त कुमार गोयलले हस्ताक्षर गरेका छन।
हामिले त्यो बेला संका गर्दै लेखेका थियौँ”गोयलको नेपाल भ्रमण त्यतिकै भयको छैन।यसमा कुनैन कुनै राष्ट्र घाति सम्झौता हुँन सक्ने दाबा त्यही बेला गरेका थ्यौँ,त्यसको केही मैना पछि यानिकी पुशको पाँच गते ओलिले संदलाई भङ्ग गरेर चल्दै आएको दुई तिहाई बहुमतको सरकारलाई बिघटन गरे र बैसाखमा निर्वाचन गर्नको लागि सिफारीस गरे अनि राष्ट्र पति द्वौरा स्वीकार पनि भयो।यँहा निर केहि न केही दालमा कालो छ भन्ने तमाम सङ्का उप संकाहरु हुँदै आएका थिए।अहिले एउटा पत्रिकामा प्रकाशित समाचार वाईरस भयकोछ।तर पनि प्रधान मन्त्री द्वारा उक्त समाचारको खण्डन हुँन सकेको छैन।यस बाट त्यो सम्झौता भयको पुष्टी हुन्छ।
आखिर के समस्या आई पर्यो प्रधान मन्त्री ज्यु लाई राष्ट्रघाती सम्झौता गर्नै पर्ने?त्यस बारे चर्च गर्नु पर्दछ।हामिले पहिले भन्दै आएको बिषय बस्तु अहिले पुष्टी भयकोछ यदि यो समाचार सहि हो भने।हामिले त्यो बेला प्रधान मन्त्रीको ‘रअ’प्रमुख गोयलको मात्रै होईन डा. बाबु राम भट्टराई, प्रचण्ड र देउवा लगायतका कयौँ सँग गोयलको भेट बार्ता भएर कुनै सम्झौताको तहत संसद लाई बिघटन गर्ने निर्णय भयको भन्दै दुईवटा कारण हुँन सक्ने बताएका थियौँ।प्रथम भारतले मिचेको सिमा काला पानी लिपु लेख र लिम्पिया धुराको भुभागलाई सामिल गरेर बनाएको नक्सा ‘निशान छाप’को बारे जो ओलि सरकारले मोदी सँग फोन बार्ता भयपछि तुरुन्तै पाठ्य पुस्तकमा सामिल गर्न रोक लगाएका थिए।मोदी सँग फोनमा कुरा भै सकेपछि ओलीमा काफि बद्लाव आएको कुरा कसै बाटपनि लुकेको थिएन।
त्यो उन्को पहिले आफुले गरेको त्यो अडानको बिरुद्धमा आत्म सम्प्रणवादी ब्यबहार थियो।भारतको अगाडि नत मस्तक भयको बारे पुष्टी उन्को ब्यबहारले गरेकै थियो।
आर्को संसद बाट मिलिनियम चैलेञ्जर.,एम सीसी लाई पारित गराउँन नसक्दा उन्को त्यो योजनामा तुसारापात परेको लाई यसरीनै अबिलम्बन लागु गराउँन उन्लाई कसैको समर्थन र सहयोगको नितान्त खाँचो थियो।त्यसकारणले पनि संसदलाई भङ्ग गरेर नयाँ सिराबाट भारतको सहयोगमा निर्वाचन गराउँनको लागि यो ब्यबहार अपनाउँन सक्ने बारे हामिले पहिलैई देखि सङ्का पनि ब्याक्त गर्दै आएका थियौँ।जो अहिले मिडियाहरुमा आएको सम्झौताको दस्ताबेजले पुष्टी गरेकोछ।वास्तबमा ओलिलाई संसदिय निर्वाचनमा भारतले दुई तिहाई मतले बिजय गराउँन सघाउँने र उन्कै पाल्टीले यसरी जीत हासिल गरेपछि एम सीसी लाई निर्बिरोध लागु गराउँने ओलिको सपनामा पानि फेर्यो सर्वोच्च अदालतले संसद लाई पुर्न बहाल गराएर।
हाम्रो देश ‘रअ’को निगह्रानिमा रहँदै आएको कुरा कसै बाट पनि लुकेकोछैन।प्रेम कुमार धामी,ले काला पानीको कुरालाई उठाएपछि उन्को जीप दुरघटना भयो जस्मा उन्को मृत्यु भयो।
मदन भण्डारी र जिबराज आश्रितको पनि दुरघटनामा परि मृत्यु भयो।मदन भण्डारी प्रेमकुमार धामी जस्तै राष्ट्रवादी लिडर थिए।बेला बखतमा भयका यस्ता ऐतिहाशिक घटनाले देशको अबस्था बारे छर्लङ्गै पार्दै आएको कुरा कसै बाट लुक्न सकेको छैन।बिगतका केही राष्ट्र हितमा अडेका ओलिले आफुले टनकपुरमा गरेको गलति लाई सुधारे भन्ने आम जनतालाई लाग्थ्यो तर त्यो साहिद हाम्रो भुल हो की भन्ने अहिले उन्ले अप्नाएको ब्याबहारले लाग्न थाल्यो यस्मा उन्को अत्याधिक कम्जोरीहरु रहेकोछ।
अहिले अंग्रेजी साम्राज्यावादको चुङ्गोलमा देशलाई फसाएर हाम्रो देश एसियाकै सबै भन्दा असाय लुलो बनाउँन खोज्दैछन।हाम्रो देश अहिले सम्म असलङ्गन राष्ट्रको रुपमा रहँदै आएकोछ।दुबै ठुला-ठुला देशको चपेटमा परेको एउटा अर्ध सामन्ति र अर्ध उपनिबेसिक देश जस्को शमुन्दरीय मार्ग आफ्नो छैन।भुपरिबेश्ठित अबस्थामा रहेको राष्टलाई कुनैन कुनै देश भयर आफुले बन्दरगाह बाट समान ओसार पसार गर्नु पर्ने हुँन्छ।त्यसका लागि पनि हामिलाई कुनैन कुनै छिमेकी सँग मैत्रता गाँसनै पर्छ।यध्यापी पारगमन मुद्धा अन्तरराष्ट्रीय हुँन्छ।तरपनि एउटा देशलाई पनि राम्रो छिमेक चाहिन्छ।अमेरीकी साम्राज्यावादको यो मिलिनियम च्यालेञ्जर द्वारा चीनलाई घेर्ने उदेश्यले आएको यो नया रोघले नेपाललाई बिदेशको रण भुमिको रुपमा प्रयोग गर्ने सक्नेछ।हाम्रो असलगंन नीतिको बिरुद्धमा यो एमसीसी आएकोले यो देशलाई सखाफ पार्ने उदेश्यले प्रेरित छैन भन्न सकिदैन।
चीनले पनि पछि हाम्रो मद्त गर्ने छैन यो एमसीसी अप्नाएपछि।
आज प्रधान मन्त्रीको बारेमा आएका यि बयान हरुले जो प्रमाण सहित मिडियाहरुमा आएकाछन त्यसको कुनै खड्न समेत नहुँदा बिगतका हाम्रो संका र अड्कल बाजिलाई पुष्टी गरेकोछ।यो सहि हो भने देश सिक्किम तिर जाँदैछ भन्ने कुरा लेखेर राखेपनि फरक पर्दैन।देशको हालात झन पछि छन डामाडोल हुँदा कुन देशभक्त चुप लागेर बस्न सक्छ?योनै प्रमुख बिषय हो।

 

चर्चामा

सम्बन्धित समाचार