स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ । मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि हालसम्म निर्णय भइनसकेको अवस्था भएकाले भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपील गरेको हो।