शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नपा महिला शाखा प्रमुखले जन्मदिनमा बेसाहारालाइ सहयोग

बुढिगंगा नपा महिला शाखा प्रमुखले जन्मदिनमा बेसाहारालाइ सहयोग

  • बुधबार, बैशाख १, २०७८
बुढिगंगा नपा महिला शाखा प्रमुखले जन्मदिनमा बेसाहारालाइ सहयोग

बाजुरा–बुढिगंगा नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख ओम कुमारी बिकले आफ्नो जन्मदिनको अबसरमा असाहयलाई सहयोग गरेकि छन् । उनले बडिमालिका खबरको संकटमा सहयोग अभियानमा १० हजार सहयोग गरेकि छन् ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा थोरै भएपनि असाहय परिवारलाई सहयोग होस भनेर बडिमालिका खबर मार्फत १० हजार सहयोग गरेको वताईन् । उनको सहयोग रकम नयाँ बर्ष पहिलो दिनमा २ जना बेसाहारालाई सहयोग गरेको बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले वताएका छन् । बुढिगंगा नगरपालिका १० बदेडा बस्ने ७१ बर्षिय बुधे लुवार र सोहि वडा सेलापाखा बस्ने ७० बर्षिय कैल्या शाहिललाई सहयो गरिएको छ ।
कैल्या शाहि बिरामी भएर लामो समय देखी थला परेका छन् । उनि अहिले आर्थिक अभाबमा अलपत्र अबस्थामा रहेका छन् । एक ट्याब्लेट औषधि किन्ने पैसा समेत नहुँदा जिवनमरणको दोसाधामा रहेका छन् । थोरै भएपनि सहयोग होस भनेर उनलाई पत्रकार महासंघ बाजुरा शाखाका उपाअध्यक्ष पदम सिंह मार्फत ५ हजार सहयोग गरिएको छ ।
त्यस्तै शाहारा बिहिन बोल्न नसक्ने अपागं बुधे लुवारलाई १ जोर लुुगा र ५० केजी चामल सहयोग गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि सदस्य मिन बहादुर सिंह मार्फत उनलाई सहयोग गरिएको छ । उनि अरुका काम गरेर छाक टार्न गरेका छन्, भने अरुका मलुुगाफाटा मागेर लगाउने गरेका छन् । बडिमालिका खबरले समचार सँगै स्थापना काल देखी सामाजिक सेवामा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार