शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १४ सय ८० जनाको निधन

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १४ सय ८० जनाको निधन

  • बुधबार, बैशाख १, २०७८
ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १४ सय ८० जनाको निधन

एजेन्सी । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार मात्र पनि कोरोना महामारीको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या एक हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यहाँ यो संक्रमणबाट कम्तीमा पनि एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार जना भन्दा बढी व्यक्तिमा यो महामारीको संक्रमण देखा परेको छ । प्राप्त समाचारमा यो महामारीबाट यहाँ दिनहुँ हजारौँ जना संक्रमित हुने गरेका पनि बताइएको छ ।

यहाँ कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३ लाख ५४ हजार ६१७ जनाको ज्यान गएको छ । ब्राजिल कोरोनाको संक्रमणबाट ज्यान जानेमा दोस्रो नम्बरमा पर्दछ । कोरोना महामारीबाट सबैभन्दा धेरै नागरिकको मृत्यु भएको भने संयुक्त राज्य अमेरिकामा हो । अमेरिकामा पनि यो महामारी पछिल्लो समयमा झनै बढ्दै गएको देखिएको छ ।

ब्राजिलमा १ करोड ३५ लाख जना नागरिकमा यो संक्रमण देखिएको छ । प्राप्त समाचार अनुसार यहाँ सोमबार सम्ममा संक्रमित हुनेको संख्या १ करोड ३५ लाख १७ हजार ८०८ जना पुगेका छन् । ब्राजिलको साओ पाओलो शहर यहाँको सबैभन्दा धेरै प्रभावित शहर हो । यो शहरका मात्र ८० हजार जनाभन्दा बढी नागरिकले यही महामारीबाट ज्यान गुमाएका बताइएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार