• होमपेज
  • समाचार
  • मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

  • सोमवार, चैत्र ३०, २०७७
मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशका अधिकांश भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ।

सोमवार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केहि भू-भागमा तुवाँलोको असर रहने छ।

मंगलवार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार