• होमपेज
  • समाचार
  • कोरोना संक्रमण जोखिमः तीन साता विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

कोरोना संक्रमण जोखिमः तीन साता विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

  • सोमवार, चैत्र ३०, २०७७
कोरोना संक्रमण जोखिमः तीन साता विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

काठमाडौं — कोरोना संक्रमण जोखिम बढ्दै जाँदा सरकारले विद्यालय बन्द गर्ने विषयमा सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई छलफलका लागि आज बिहान ८ बजे बोलाएको हो। बालबालिकामा नयाँ स्वरुपको कोरोना संक्रमणको जोखिम उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो।

विद्यालय बन्द गर्ने विषयमा छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । प्याब्सनले भने सरकार काठमाडौंसहित प्रमुख शहरहरुमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध गर्दै आएको छ।

चर्चामा

सम्बन्धित समाचार