• होमपेज
  • समाचार
  • नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो, २ जना पक्राउ

नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो, २ जना पक्राउ

  • आइतवार, चैत्र २९, २०७७
नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो, २ जना पक्राउ

२९ चैत, काठमाडौं — काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार