• होमपेज
  • समाचार
  • कैलालीमा एक महिला मृत अवस्थामा फेला, श्रीमान पक्राउ

कैलालीमा एक महिला मृत अवस्थामा फेला, श्रीमान पक्राउ

  • आइतवार, चैत्र २९, २०७७
कैलालीमा एक महिला मृत अवस्थामा फेला, श्रीमान पक्राउ

धनगढी: कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको भजनी नगरपालीका–२ की ३० वर्षीया रेखा चौधरी मृत अवस्थामा फेला परेकी हुन।

शुक्रबार राति ९ बजे घरबाट हिँडेकी चौधरी शनिबार घरदेखि ५० मिटर दक्षिणमा माछा पोखरी नजिकै झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ। शुक्रबार श्रीमान चन्दन बखरिया र श्रीमतीबिच सामान्य विषयमा झगडा भएको बुझिएको छ।

प्रहरीले श्रीमानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। श्रीमान विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

माइती पक्षले उजुरी दिएपछि मृतकका श्रीमान चन्दनलाई नियन्त्रणमा लिएर गरिरहेको उनले बताए

चर्चामा

सम्बन्धित समाचार