• होमपेज
  • समाचार
  • विराटनगरमा एक पुरुषको हत्या

विराटनगरमा एक पुरुषको हत्या

  • आइतवार, चैत्र २९, २०७७
विराटनगरमा एक पुरुषको हत्या

२९ चैत, विराटनगर — विराटनगरमा एकजना पुरुषको हत्या भएको छ ।

शनिबार राति विराटनगर महानगरपालिका-८ बलुवाइका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।

घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएका छन् ।

घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो ।

मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । घटनापछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार