शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • यो वर्ष चार फिल्म रिलिज, तर आएनन् दर्शक

यो वर्ष चार फिल्म रिलिज, तर आएनन् दर्शक

  • आइतवार, चैत्र २९, २०७७
यो वर्ष चार फिल्म रिलिज, तर आएनन् दर्शक

कोभिडको चरम प्रभावमा परेको नेपाली चलचित्र बजार यो वर्ष सुनसान नै रह्यो भन्दा फरक पर्दैन । १० महिना लामो लकडाउनका कारण सुनसान बनेको चलचित्र क्षेत्र पुसदेखि चलमलाउने प्रयास गर्यो । विशेषगरी, चलचित्र निर्माणको काम कात्तिकबाट नै फाट्टफुट्ट रुपमा चले पनि माघ लागेपछि भने केही बढ्यो । तर, चलचित्र रिलिज भने यो वर्ष निकै कमजोर देखियो ।

हल खुलेपछि माघ १ गतेबाट मल्टिस्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । तर, यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन । शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, शक्ति श्रेष्ठ, कविता मानन्धरलगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको थियो । तर, चलचित्रले दर्शक तान्न सकेन ।

चलचित्र ‘गोर्खे’ पनि यो वर्ष रिलिज भयो । तर, यो चलचित्रले पनि दर्शकलाई हलसम्म तान्न सकेन । चलचित्रको चरम अभाव भैरहेको समयमा यी चलचित्रले मल्टिप्लेक्समा राम्रो शोज त पाए । तर, दर्शकले चलचित्रप्रति रुचि देखाएनन् ।

यो वर्षको अन्तिम शुक्रबार अर्थात् आजबाट दुई वटा नेपाली चलचित्र रिलिज भएका छन् । कलाकार सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘श्री’ र नायक मुकेश ढकालको मुख्य भूमिका रहेको चलचित्र ‘गुड फ्रेन्ड्स’ आजबाट रिलिज भएका छन् ।

यो वर्ष कोरोनाको कहरका कारण पनि नेपाली चलचित्रले निक्कै ठूलो घाटा व्यहोरेको छ । तर, कोरोनाको दोश्रो चरणको लहर सुरु भएका कारण पनि अर्को वर्ष पनि चलचित्र क्षेत्रको अवस्था के हुने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।

चर्चामा

सम्बन्धित समाचार