• होमपेज
  • समाचार
  • गाउँपालिकाले दियो भेडी गोठालालाई रेडियो उपहार

गाउँपालिकाले दियो भेडी गोठालालाई रेडियो उपहार

  • आइतवार, चैत्र २९, २०७७
गाउँपालिकाले दियो भेडी गोठालालाई रेडियो उपहार

गोरखाको धार्चे गाउँपालिकाले भेडा/भेडी गोठालालाई रेडियो उपहार दिएको छ।

छ महिना लेक र छ महिना वेशी बस्ने तथा गोठ सार्दै भेडा/भेडी चराउँदै आएका गोठालालाई सूचना प्रवाह गर्न रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरूङले बताए।

उनकाअनुसार अहिलेसम्म २० जनालाई रेडियो वितरण गरिसकिएको छ।गाउँपालिकाका भित्रका स्थानीय खबर तथा देश र विदेशका खबरबाट सु-सूचित गर्नका लागि रेडियो वितरण गरेको उनले बताएका छन्।

‘कतिपय ठाउँमा मोबाइलको टावर टिप्दैन। रेडियो सुनेर भए पनि उहाँहरूले अब गाउँ र देश तथा विदेशमा के भइरहेको छ थाहा पाउन सक्नुहुन्छ,’ उनले भने।

रेडियो वितरणका लागि गाउँपालिकाले २ लाख रूपैयाँ बजेट बिनियोजन गरेको थियो। गोठालाहरूलाई रेडियोसँगै सोलार पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ।

गोरखाका एफएम रेडियोहरूसँग सहकार्य गरी स्थानीय भाषामै सूचना तथा समाचार उत्पादन गरेर बजाइनेसमेत उनले बताए।गोरखाको धार्चेका बासिन्दा स्थानीय भाषा बोल्छन्। यहाँ गुरूङ समुदायको बाक्लो बसोबास छ।

चर्चामा

सम्बन्धित समाचार