• होमपेज
  • समाचार
  • कर्णालीका ३ मन्त्रीको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयमा नयाँ जिम्मेवारी तोकियो

कर्णालीका ३ मन्त्रीको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयमा नयाँ जिम्मेवारी तोकियो

  • शनिबार, चैत्र २८, २०७७
कर्णालीका ३ मन्त्रीको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयमा नयाँ जिम्मेवारी तोकियो

कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृति भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिएका एमालेका तीन मन्त्रीहरु प्रकाश ज्वाला, दल रावल र नन्दसिं बुढाको राजीनामा स्वीकृत गरेका हुन् ।

मुख्यमन्त्री शाहीले उनीहरुले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा हाल कायम रहेकै मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन् । जसअनुसार आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी तथा भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीन जनाले मंगलबार राजीनामा बुझाएका थिए ।

यो पनि…
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार