• होमपेज
  • समाज
  • बाँकेमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ

बाँकेमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ

  • शनिबार, चैत्र २८, २०७७
बाँकेमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ

दाङ– बाँकेमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँका ५५ वर्षीय नकछेद पाछी र बाँकेको कोहलपुर नगरपालिका १४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शुक्रबार साँझ करिब साढे ७ बजेतिर बाँकेको कोहलपुर नगरपालिका–१० हाईस्कुल चोकबाट उनीहरुलाई पेस्तोल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

शंकासुपद अवस्थामा पैदल हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा कम्मरमा लुकाइ राखेको कटुवा पेस्तोल र ९बीएमएमकेफ० लेखिएको लाइभ राउण्ड बुलेट १ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार