शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुडान डारफर झडपमा १ सय ३२ जनाको मृत्यु

सुडान डारफर झडपमा १ सय ३२ जनाको मृत्यु

  • शुक्रबार, चैत्र २७, २०७७
सुडान डारफर झडपमा १ सय ३२ जनाको मृत्यु

खार्तुमः सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १ सय ३२ पुगेको छ।

शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो।

सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ।

“स्वास्थ्यकर्मीहरूले दिएको विवरणअनुसार झडपमा मृत्यु हुनेको सङ्ख्या १ सय ३२ पुगेको छ,” चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले बताए।

चर्चामा

सम्बन्धित समाचार