शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश २
  • रौतहटका क्रियाशील पत्रकारहरुको आन्दोलन स्थगित

रौतहटका क्रियाशील पत्रकारहरुको आन्दोलन स्थगित

  • आइतवार, चैत्र २२, २०७७
रौतहटका क्रियाशील पत्रकारहरुको आन्दोलन स्थगित

मेवालाल यादव — लिखित सहमतिपछि रौतहटका क्रियाशील पत्रकारहरुको आन्दोलन स्थगीत भएको छ । शपथ ग्रहन लग्तै सदस्यता दिने सहमति भएको जनाइएको हो । आज शनिवार नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी सदस्यहरु र आन्दोलनरत क्रियाशील पत्रकारहरुबीच लिखिति सहमति भएको सञ्चारकर्मी चञ्चल झाले जानकारी गराउनु भएको हो ।
पत्रकार महासंघ रौतहट शाखाका निवर्तमान पदाधिकारी र क्रियाशील पत्रकारहरुको तर्फबाट गठित संघर्ष समितिबीच क्रियाशील पत्रकारहरुको जायज माग सम्बोधन गर्ने सहमति भएको हो ।
सदरमुकाम गौरमा आज शनिवार विहान महासंघका पदाधिकारी र क्रियाशील पत्रकारहरुको समुहबीच बसेको बैठकमा रौतहटका क्रियाशील पत्रकारहरुलाई आउँदो चैत्र २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचन पछि निर्वाचित हुने पदाधिकारीहरुको शपथ ग्रहन लग्तै सदस्यता दिने सहमति भएको छ ।
महासंघको निर्वाचन पछि निर्वाचित हुने पदाधिकारीको शपथ ग्रहन भएको एक साता भित्रमा पहिलो बैठक बस्ने र सो बैठकले यस जिल्लामा निरन्तर रुपमा पत्रकारीता पेशामा लागेका क्रियाशील पत्रकारहरुलाई महासंघको सदस्यताको लागि निर्याण गर्ने सहमति भएको छ ।
चैत्र २५ गते हुने निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहन भएको एक महिना भित्रमा क्रियाशील पत्रकारहरुको नाम सिफारीस गरी महासंघको प्रदेश र केन्द्रिय कार्य समितिमा पेश गरी सदस्यता दिलाउने सहमति भएको बैठकमा सहभागी क्रियाशील पत्रकार समुहका पत्रकार झाले जानकारी दिएका छन ।
निर्वाचित हुने पदाधिकारीहरुले आफुहरुसँग गरेको समझौता कार्यान्वयन नगरे आफुहरु कानुनी प्रक्रियामा जाने बाध्य हुने पत्रकार झाले चेतावनी दिएका हुन् ।
सदस्यता प्रदान गर्ने लिखित सहमतिपछि विगत १२ दिनदेखी आन्दोलनरत जिल्लाका क्रियाशील पत्रकारहरुले शनिवारदेखी आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगीत गरेका छन ।
नेपाल पत्रकार महासंघ रौतहटले जिल्लाका क्रियाशील पत्रकारहरुलाई वर्षौदेखी सदस्यता दिनबाट बञ्चित गरेको भन्दै क्रियाशील पत्रकारहरुले महासंघ विरुद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत विगत केहिदिन देखी निरन्तर धर्नामा बस्दै आएका थिए ।

चैत्र २५ गते हुने निर्वाचनपछि निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहन गरेको एक महिना भित्रमा क्रियाशील पत्रकारहरुलाई सदस्यता दिलाउने महासंघका निवर्तमान पदाधिकारीहरुले आफुहरुसँग गरेको लिखित सहमति र शर्तको आधारमा आफुहरुले आजदेखी आन्दोलन स्थगीत गरेको अर्का पत्रकार प्रवीन टिबडेवालले बताएका छन ।
जिल्लाका क्रियाशील पत्रकारहरुले महासंघको सदस्यताको माग गरी विगत चैत्र ९ गते नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी गर्दै निरन्तर धर्ना दिदै आएका थिए ।
आन्दोलनरत समुह र पत्रकार महासंघबीच भएको सहमति पत्रमा पत्रकार महासंघको तर्फबाट महासंघका जिल्ला अध्यक्ष रवीन्द्र साह, पुर्व जिल्ला अध्यक्ष द्धय शैलेन्द्र गुप्ता,प्रेमचन्द्र झा, उपाध्या रजनी झा, सचिव गौतम श्रेष्ठ, सदस्य धर्मेन्द्र साह, दिनेश यादव, मदन ठाकुर, राकेश यादव लगाएतका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन भने आन्दोलनरत क्रियाशील पत्रकारहरुको समुहबाट गठित संघर्ष समितिको तर्फबाट प्रवीन टिबडेवाल, चञ्चल झा र अजित कर्णले हस्ताक्षर गरेका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार