बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङको झनाना मोटरेवल पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न,असार मसान्त सम्पन्न सम्पन्न हुने

बझाङको झनाना मोटरेवल पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न,असार मसान्त सम्पन्न सम्पन्न हुने

  • शनिबार, चैत्र २१, २०७७
बझाङको झनाना मोटरेवल पुल निर्माणको  ९० प्रतिशत काम सम्पन्न,असार मसान्त सम्पन्न सम्पन्न हुने
पुल निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको र १० प्रतिशत काम असार मसान्त भित्र पूरा हुने भएपछि असार मसान्तसम्म सहजरूपमा थलारा गाउँपालिकामा मोटर गुड्ने निर्माणाधिन पुल तस्वीर :शिवजी मण्डेल / बझाङ

शिवजी मण्डेल / बझाङ — बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुलमा असार मसान्तभित्र मोटर गुड्ने भएको छ ।
पुल निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको र १० प्रतिशत काम असार मसान्त भित्र पूरा हुने भएपछि असार मसान्तसम्म सहजरूपमा थलारा गाउँपालिकामा मोटर गुड्ने भएको हो ।
झनाना पुल निर्माण कम्पनी शर्मा बिकोई जेभिका आधिकारिक व्यक्ति नवराज थापाले १ सय १ मिटर लामो झनाना मोटरेवल पुलको पिलर निर्माण भइ ट्रस समेत बनिसकेकोले त्यसमाथि सल्याप हाल्ने र रेलिङ निर्माणको काम मात्र काम बाकी रहेको र उक्त कार्य असार मसान्तसम्म बनी सक्ने र त्यसपछि सहजरूपमा थलारामा गाडी गुड्न सहज हुने बताउनु भएको छ ।
थापाका अनुसार २ बर्खा सिजन असार साउन र भदौ बाहेकका महिना जोडी २ वर्षमा पुल निर्माणको कार्य सम्पन्न गरिसक्ने सम्झौता भएपनि स्थानीय चुनाव राष्ट्रिय चुनाव र पछिल्लो चरणमा कोरोना संक्रमणका कारण कामदार र निर्माण सामाग्री अभावका कारण समयमा पुल निर्माणमा ढिलाइ भएको हो । करिब ९ करोडको लागतमा निर्माण भइरहेको उक्त मोटरेवल पुलको निर्माण कार्य २०७४ माघबाट सुरु भएको थियो । सम्झौता अवधिमा पुल निर्माण कार्य सम्पन्न हुन नस्कदा एकपटक म्याद थप गरिएको थियो ।
सेती नदि वारी पारीको बझाङको भूभाग जोड्ने बझाङमा झनाना सिमार पानकोट तमैलमा मोटरेवल पुल निर्माण भइरहेका छन् । ती मध्य पानकोट पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य पुलको निर्माण कार्य भइरहेको छ । ती पुल सञ्चालनमा आएपछि सेती नदि वारपार गर्न सहज र विकास हुने यहाँका नागरिकले अपेक्षा गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार