शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश २
  • परोहामा जनता अवासकाे मार्फत,विधायकहरु द्वारा ४८ दलितको घर शिलान्यास

परोहामा जनता अवासकाे मार्फत,विधायकहरु द्वारा ४८ दलितको घर शिलान्यास

  • शनिबार, चैत्र २१, २०७७
परोहामा जनता अवासकाे मार्फत,विधायकहरु द्वारा ४८ दलितको घर शिलान्यास

मेवालाल यादव — प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मंन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठौ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । जनता अवास कार्यक्रम अन्तर्गत परोहा नगरपालिका वडा -७,८ नरकटियामा मुसहरुको लागि पकी घर अब बन्नको लागि शिलान्या गरिएका हो ।
शुक्रबार एक कार्यक्रमका बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ( ख ) का प्रदेश २ सांसद एवम बिधायक रामकिसोर राय यादव र जनता अवासको प्रदेश २ का संयोजक बिधायक लाल बाबु साहले संयुक्तरुपमा शिलान्यास गर्नु भयो । सांसद यादवले मुसहर टोलमा जनता आवास योजना अन्र्तगत ४८ वटा घर बनाइने बताएका छन ।

प्रदेश सान्सद रामकिसोर यादवको अध्यक्षतामा पंडित बाट मन्त्र उचारण गरि शिलान्यास गरिएको हो । आफनो निर्वाचन क्षेत्र अन्तरगत पर्ने परोहा नगरपालिकाको वडा नम्बर -७,८ मा ४८ वटा घर यसै आर्थिक वर्ष भित्रमा निर्माण गरिने सांसद यादवले बताएका छन । शिलान्यास कार्यक्रममा संचारकर्मीहरुले सोधेको प्रश्नमा जवाफ दिदै सांसद यादवले अति बिपन्न मुसहर र डोम जाती बाहे रहेका सुकुमबासी जनताहरुको लागि आफु प्रदेश सरकार सगं पहल गर्ने बताएका छन । घर नभएका र खुल्ला अकाश मुनि बस्ने ब्यक्तीहरुको लागि आउदो बर्षमा प्रदेश सरकार संग घर बनाउनका निमित पहल गर्ने बिश्वास दिलाउनु भयो ।जनता अवासबाट बन्न लागेको घरमा के कस्ता र कतिको गुणस्तरिय काम भईरहेको छ ,भने यसबारे संवयम घरबेटीले नै निगरानि गर्नु पर्ने बताए ।

वहाले घर निर्माण पश्चात आफु अनुगमन तथा निरिक्षणमा आउदा यदी त्यसमा कही कतै कमश्ल काम देखिएपछि त्यस्ता ब्यक्ती वा ठेकेदारलाई कार्यवाही तथा जरिवाना समेत तिराउनते चेतावनी दिनु भयो । प्रति ब्यक्तीको घर बानाउदा प्रदेश सरकारको साढे तिन लाख रुपैया खर्च भईरहेको भन्दै त्यसको सहि सदुपयोग गर्नु पर्ने सांसद यादवले बताए । त्यस्तै पत्रकारहरुले जग्गा धनिलाई जानकारीनै नदि उपभोक्ता समिती गठन गरिरहेको हो भन्दै सोधेको प्रश्नमा जवाफ दिदै वहाले आफु त्यस्तो गलति नगरेको र जसको जग्गा छ उसैलाई हामी समितीमा राखि समिती गठन गरेको छु भने बताए ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि जसपाको बिधायक एवं प्रदेश सान्सद लाल बाबु साह, जसपा पार्टी को क्षेत्र न. २( ख) को बिधायक एवं प्रदेश सान्सद रामकिसोर यादव, समाजसेवी ओम पटेल , स्थानिय मुसहर समुदायका ब्यक्तिहरु,समाजसेवी लगायत विभिन्न राजनितिक दलका ब्यक्तित्वहरुकोे सहभागीता रहेको थियोे भन्ने सोही कार्यक्रममा बिभिन्न पार्टी प्रत्याग गरी नेता तथा कार्यकर्ता दुई दर्जन जसपापा नवप्रवेसीहरु रंजित बैठा, विरेन्द्र पटेल, गगनदेव पटेल, नन्दु यादव नवप्रवेशहरुलाई टिका माला लगाई प्रवेश गराइएको महासचिव राष्ट्रिय बिधार्थी संघका ओम पटेलले जानकारी दिएका छन।

चर्चामा

सम्बन्धित समाचार