शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • घरका सबै सदस्य बिरामी, औषधि किन्ने पैसा नहुँदा समस्या (भिडियाे सहित)

घरका सबै सदस्य बिरामी, औषधि किन्ने पैसा नहुँदा समस्या (भिडियाे सहित)

  • बिहिबार, चैत्र १९, २०७७
घरका सबै सदस्य बिरामी, औषधि किन्ने पैसा नहुँदा समस्या (भिडियाे सहित)

बाजुरा — बुढिनन्दा नगरपालिका १ पिपलडालिका बस्ने हलिया शेर सार्कीका सबै सदस्य बिरामी परेका छन् । ज्याला मजदुरी गरेर छाक टार्दै आएका शेरको परिवारमा सबै सदस्य बिरामी परेपछि परिवार नै अलपत्र रहेको स्थानिय हिक्मत वडले वताएका छन् ।
शेरकी ८ बर्षिय छोरी ईश्वरा सार्की कालाजारको बिरामी छन्, भन्ने अन्य सदस्य ज्वरोले थलिएका छन् । घरका सबै सदस्य बिरामी परेका छन्, औषधि किन्ने पैसा समेत नहुँदा अलपत्र रहेको शेर सार्कीले वताएका छन् । शेरकी श्रीमति कमला सार्की, ३ बर्षको छोरा सस्त सार्की र २ बर्षको छोरा एक सार्कीलाई पनि ज्वरो आउने पेट दुख्ने समस्याले थलिएका छन् ।
ईश्वरा सार्कीको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कालाजारको उपचार भइरहेको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले भने ईश्वरालाई चेक गर्दा कालाजार देखिएको छ, अन्य सदस्य पनि बिरामी भएको उनले वताए, अरुको भने कालाजार चेकजाँच नगरेको जोशीले वताए ।
शेर सार्की मानसिक रुपमा ठिक छैनन्, उनकि श्रीमति कमला सार्कीले काम गरेर परिवार पाल्ने गरेकि थिईन्, उनि पनि बिरामी भएपछि एक छाक खानलाई समेत नभएको स्थानिय मनबिर सार्कीले वताए । शेर सार्कीको परिवार उसै पनि हलिया समुदाय हुन्, उनको एक सानो छाप्रो भन्दा अरु केही नरहेको स्थानियले वताएका छन् ।
उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा श्रीमति छोरा छोरी बोकेर लिए । स्वास्थ्यकर्मीले केही औषधि बाहिर बाट किन्नुपर्छ भनेका थिए । पैसा नहुँदा औषधि नकिनेर बिरामी बोकेर घर ल्याएको शेर सार्कीले वताए । शेरले उपचारमा सहयोग गरिदिन सबैलाइ आग्रह समेत गरेका छन् । आर्थिक अबस्था निकै कमजोर भएका हलिया समुदायमा बिभिन्न समस्याले भोग्दै आएका छन् । पिपलडालि गाउँमा मात्र ४८ जना परिवार रहेका छन्, सबै परिवारमा चरम खाद्य संटक सिर्जना भएको छ ।
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।
कोल्टि क्षेत्रमा १ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो । कोल्टिमा उपचारका लागि ल्याईएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार