सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका वडा न २ पुणर् खोपयुक्त वडा घोषणा

बुढिगंगा नगरपालिका वडा न २ पुणर् खोपयुक्त वडा घोषणा

  • बुधबार, चैत्र १८, २०७७
बुढिगंगा नगरपालिका वडा न २ पुणर् खोपयुक्त वडा घोषणा

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ नगरपालिकाकै पहिलो वडाको रुपमा पुणर् खोपयुक्त वडा घोषणा गरिएको ।
वडाका सबै बालबालिकाहरुले खोप लगाउन कोही पनी नछुटेको र नछुटाउने उदेश्यका साथ नगरपालिकाकै पहिलो वडाको रुपमा खोप युक्त वडा घोषणा गरिएको स्वास्थ्यकर्मी आशा थापाले जानकारी दिएकी छन ।
वडा न २ का कार्यबाहक अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढिगंगा नगरपालिका उपप्रमुख तारा खाती थापा रहेकी थिइन ।
प्रमुख अतिथि समेत रहेकी उप प्रमु्ख खाती थापाले वडामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरुलाई बधाई दिनुका साथै आगामी दिनहरुमा पनी नगरपालिकाको पुणर् साथ सहयोग र सर्मथन रहेने बताएकी छन । त्यसै गरी बोल्ने सबै अतिथिहरुले वडा न २ का स्वास्थ्यकर्मीहरुको राम्रो काम गरेको भन्दै प्रशासां समेत गरेका छन ।
कार्यक्रममा बुढिगंगा नगरपालिका वडा न ३ का वडा अध्यक्ष खडक बहादुर अधिकारी बिषिष्ठ अतिथि रहेका थिए भने अतिथिहरुमा कार्यपालिका सदस्य गणेश सुनार, कल्ले दमाई, पदम भण्डारी, पुल्ती खाती स्वास्थ्य सह संयोजक हस्त खडायत, स्वास्थ्य चौकी इन्चार्ज पदम भण्डारी, आशा थापा लगायतका अतिथि रहेका थिए ।
शिक्षक शेर बहादुर थापाले संचालन गरेको कार्यक्रममा स्वागत वडा सचिव लोकेश रोकायाले गरेको स्वास्थ्य कर्मी आशा थापाले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार