• होमपेज
  • समाचार
  • जनगणना २०७८ : प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा जोड

जनगणना २०७८ : प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा जोड

  • बुधबार, चैत्र १८, २०७७
जनगणना २०७८ :  प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा जोड

राष्ट्रिय जनगणना २०७८ मा सही तथ्याङ्क आउनका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफल गर्दै सांसदहरुले विभिन्न कारणले तथ्याङ्क सही आउन नसक्ने भन्दै सही तथ्याङ्कका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

सांसद कोमल वलीले पछिल्लो समय हिन्दु धर्मप्रति बायसनेस देखिने गरेको भन्दै नेपालमा धर्मको अवस्था कस्तो रहेको छ यर्थाथ रुपमा जनगणनाबाट आउनुपर्ने बताइन् । क्रिश्चियन धर्मावलम्बीको संख्या बढेको अथवा घटेको सम्बन्धमा वास्तविक तथ्याङ्क आउनुपर्ने पनि बताइन् ।

सांसद विमला पौडेलले जनगणनाको कामका लागि राष्ट्रिय योजना आयोगको मात्रै नभई सबैको भूमिका महत्वपूर्ण हुने बताइन् । जनगणनालाई सफल बनाउनको लागि सांसदहरुको पनि भूमिका हुनुपर्ने र सांसदहरुलाई पनि परिचालन गर्नुपर्ने बताइन् ।

सांसद खिमलाल भट्टराईले नेपालमा क्रिश्चियन धर्मको अवस्था के कस्तो रहेको छ सहि तथ्याङ्क आउनुपर्ने बताए । सेवा क्षेत्रको विकास कसरी भइरहेको छ,कृषिको अवस्था कस्तो छ र नेपालमा गरिबीको अवस्था कस्तो छ यि सबै विषय जनगणनामा समेटिनुपर्ने पनि उनले बताए ।

सांसदहरुले जनगणनामा सही तथ्याङ्क आउनका निम्ति गणकहरुको भूमिका र सक्रियता प्रमुख हुने भएकाले गणकहरुलाई सहि ढङ्गले सूचना सङ्कलनमा खटाउनुपर्ने मत राखेका छन् । तथ्याङ्क संकलन गर्दा गोपनियता कायम गर्नुपर्ने विषयमा पनि सांसदहरुको जोड छ ।

चर्चामा

सम्बन्धित समाचार