बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • भाइरल प्रभाबित बिद्यालयमा नगरप्रमुख र चिकित्सकको टोलि पुुगेर चेकजाँच

भाइरल प्रभाबित बिद्यालयमा नगरप्रमुख र चिकित्सकको टोलि पुुगेर चेकजाँच

  • मङ्लबार, चैत्र १७, २०७७
भाइरल प्रभाबित बिद्यालयमा नगरप्रमुख र चिकित्सकको टोलि पुुगेर चेकजाँच

लक्ष्मीराज पाध्याय/बाजुरा — बुढिगंगा नगरपालिकामा १ मा रहेको धुरालसैन माबिमा बिद्यार्थी बिरामी पर्ने थालेपछि नगरप्रमुख दिपक बिक्रम शाह र डा. रबि लामिछाने सहितको टिम चेकजाचका लागि पुुगेको छ । चिकित्सक सहितको टोलि बिद्यालयमा पुुगेर बिद्यार्थीको चेकजाँच गरिएको नगरप्रमुख शाहले वताएका छन् ।
बिद्यालयमा मंगलबार मात्र १ सय ९ जना बिद्यार्थीको चेकजाँच गरिएको स्वास्थ्य सहसंयोजक हस्त खडायतले वताएका छन् । जसमध्ये १४ जनाको स्वाब संकलन गरेर नमुना परिक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकुु काठमाडौ पठाइएको खडायतले वताएका छन् । भाइरल इन्फुलन्जा चेकलागि स्वाब संकलन गरेर पठाइएको उनले वताए ।
पाँच दिन यता २ सय भन्दा बढि बिद्यार्थी बिरामी परेको खबर आएपछि नगरपालिकाकाले चिकित्सक सहित नगरपालिकाको टिम बिद्यालयमा पुुगेर बिरामीको चेकजाँच गरेको नगरप्रमुख शाहले वताएका छन् । स्वास्थ्यकर्मीका अनुसार चेकजाँच गर्दा मौसमी रुघाखोकी भएको हुन सक्ने बताएका छन् । परिक्षणका लागि स्वाब संकलन गरेर काठमाडौ ल्याबमा पठाएका छौ, रिपोट आएपछि मात्र एकिन हुने नगरपालिकाले जनाएको छ । बिद्यालयमा नगरप्रमुख दिपक बिक्रम शाह, डा. रबि लामिछाने, स्वास्थ्य सहसंयोजक हस्त खडायत, ल्याब टेक्निसियम दिपक थापा, अहेब आशा थापा र तारा खत्रिको टिम पुुगेको बिद्यालयले जनाएको छ ।


विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिदै आएको छ । शुरुमा कापेर ज्वरो आउने ज्वरो दुुईदिन सम्म लगातार ज्वरो आउने बिस्तारै कम भएर ठिक हुने गरेको छ । बढि ज्वरो आएका घरमै रहेका छन् । बिद्यालयमा १५ जना भन्दा बढि बिरामी भएर घर पठाउने गरेको बिद्यालयका प्रअ महासिंह थापाले वताएका छन् । ६ दिन देखि बिराी पर्न थालेका हुन २ सय भन्दा बढि बिरामी भएको उनले वताए ।
एक साता यता दैनिक १५ जना भन्दा बढि बिरामी हुने गरेको बिद्यालयका शिक्षक रमानन्द पाध्यायले वताएका छन् । सोमबार मात्र कक्षा-७ का एकै पटक १० जना विद्यार्थी विरामी परेका छन् । विद्यार्थी विरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएको उनले बताए । बिद्यालयले बिरामी परेका बिद्यार्थीलाई घर पठाउने गरेको जनाएको छ । बिद्यालयमा मात्र नभई गाउँमा पनि यस्तो समस्या भइरहेको वताएका छन् । मौसमका कारणले यस्तो समस्या भएको हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार