• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भीम रावलमाथि ओलीको कारबाही, छ महिना साधारण सदस्यबाटै निलम्बित

भीम रावलमाथि ओलीको कारबाही, छ महिना साधारण सदस्यबाटै निलम्बित

  • सोमवार, चैत्र १६, २०७७
भीम रावलमाथि ओलीको कारबाही, छ महिना साधारण सदस्यबाटै निलम्बित

काठमाडौँ–नेकपा एमालेले भीम रावललाई पार्टी हित र विधान विपरीत काम गरेको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्बन गरेको जानकारी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सोमबार रावललाइ दिएका हुन्। साथै माधब नेपाललाइ समेत कार्यवाहि गरेकाे छ ।

निलम्बन गरिएको निर्णयसहित नेपाल र रावललाई पठाएको कारबाही पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीको हितमा लाग्‍न निर्देशन दिइएको छ। ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।’

माधवकुमार नेपालमाथिको निलम्बन पत्रमा पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको आरोप लगाइएको छ।

यसअघि ओलीले सोधेको स्पस्टीकरणमा नेपालले उल्टै ‘तपाईँमाथि कारबाही किन नगर्ने ‘भनेर ओलीलाई नै स्पस्टीकरण सोधेपछि ओली र नेपालबीचको सम्बन्ध थप बिग्रेको हो।

चर्चामा

सम्बन्धित समाचार