शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश २
  • परोहामा नेपाली कांग्रेसका नगर प्रमुख शेख वकिलद्वारा होली मिलन कार्यक्रम सम्पन्न

परोहामा नेपाली कांग्रेसका नगर प्रमुख शेख वकिलद्वारा होली मिलन कार्यक्रम सम्पन्न

  • आइतवार, चैत्र १५, २०७७
परोहामा नेपाली कांग्रेसका नगर प्रमुख शेख वकिलद्वारा होली मिलन कार्यक्रम सम्पन्न

मेवालाल यादव —  रौतहट जिल्लाको परोहा नगरपालिका स्थित रहेको श्री ब्रहमज्योति उच्च माध्यमिक विद्यालय लौकाहाको प्राङ्गणमा परोहा नगरपालिका द्वारा आयोजित होली मिलन समारोह कार्यक्रम आज सम्पन्न भएको छ।
रौतहट जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेसका युवा नेता तथा नगर प्रमुख शेख वकिलको अध्यक्षतामा होलिको शुभ अवसरमा होली मिलन तथा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। शुभ कामना आदान प्रदान कार्यक्रममा नगर क्षेत्रका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु भेला भई परोहा नपाको वडा नम्बर -४लौकाहा स्कुलको प्राङ्गणमा एक कार्यक्रम गरि होलीको शुभकामना आदान प्रदान गरेका हुन । हिन्दुहरुको महान पर्व रंग अबीरको पर्व होलीको शुभ कामना आदान प्रदान कार्यक्रममा उपस्थित नेता कार्यकर्ता तथा अतिथिहरुले आपसी सद्भावको साथ साथै होली पर्वले एक आपसमा मेलमिलापको सद्भावनालाई बलियो बनाउने भएकोले सबै एक आपसमा मिलेर आउदो होली हर्सोउल्लासका साथ मनाउन बताउनु भएको छ । कार्यक्रममा होलि पर्वको मध्य नजर गर्दै होली पर्व मनाउने क्रममा सिमित मात्रामा खानपीन गर्ने जथाभावी लागु पदार्थ सेवन गरि सवारी साधन नचलाउन सम्पूर्णमा आग्रह समेत गर्नु भएको छ। हिन्दूहरूको महान पर्व असत्य माथि सत्यको विजयी प्राप्त गरि ऐतिहास खडा गरेको होली दहनलाई होली पर्वको रूपमा मनाउँदै आएको छ ।
रौतहटको परोहा नगरपालिकाले आज सम्पूर्ण नगरबासी र क्षेत्र नं २ बासीसँग होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गरि समुदायको कुनै किसिमको भेदभाव नगरी स्नेहको सन्देश प्रवाह गर्न मेयर शेख वकिलले आग्रह गरेको छन ।

उक्त कार्यक्रमको प्रमुख अतिथि क्षेत्र नं २ ख का विधायक प्रत्यासी रामचन्द्र गिरी, अतिथि परोहा नगरपालीका वडा नं ४ का वाड अध्यक्ष जवाहर लाल यादव,महेश सिंह , रघुनाथ प्रसाद कलवार, खेदु मुखिया , जितेन्द्र पटेल, परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, योजना शाखा अधिकृत अब्दुल रब अंसारी, स्वास्थ्य शाखाका प्रमुख जलनधार यादव , वाड नं ९ का वाड अध्यक्ष शेख इनुस, रामलोचन प्रसाद जैसवाल, हारून रासीद, परोहा नगरपालिकामा रहेको सबै विद्यालयका प्रधानध्यापक, परोहा नगरपालिकाको सम्पूर्ण वडाध्यक्षहरु लगायत बुद्धिजीवी, शिक्षक, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार