• होमपेज
  • समाज
  • स्रोत नखुलेको साढे ३० लाखसहित दुई पक्राउ

स्रोत नखुलेको साढे ३० लाखसहित दुई पक्राउ

  • आइतवार, चैत्र १५, २०७७
स्रोत नखुलेको साढे ३० लाखसहित दुई पक्राउ

काठमाडौं महानगरपालिका-२४ विशालबजार नजिकबाट स्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँसहित एक पक्राउ परेका छन्।

काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ वर्षीय गणेश पाण्डे लगायत २ जनालाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको हो।

साथै, उनीहरूको साथबाट दरौदी बहुउद्धेश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउद्धेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ।

चर्चामा

सम्बन्धित समाचार