शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • प्रवास
  • साईप्रस स्थित नेपालीहरुको समस्या बारे एकता समाजद्धारा ध्यानाकर्षण

साईप्रस स्थित नेपालीहरुको समस्या बारे एकता समाजद्धारा ध्यानाकर्षण

  • शुक्रबार, चैत्र १३, २०७७
साईप्रस स्थित नेपालीहरुको समस्या बारे एकता समाजद्धारा ध्यानाकर्षण

 साईप्रस नेपाली एकता समाजका प्रतिनिधि मण्डल अवैतनिक वाणिज्य दूतावास निकोसिया लाई ज्ञापन पत्र बुझाएको छ।अवैतनिक वाणिज्य राजदूत महामहिम डा. राम जिवन पन्जियाँर संग भेटेर प्रवासमा भएका नेपालीहरूकाे समस्याका बारेमा जानकारी गराउनुका साथै ध्यानाकर्षण पत्र बुझाएकाे हाे  साईप्रस नेपाली एकता समाजका प्रतिनिधि मण्डल अवैतनिक वाणिज्य दूतावासमा गएर ध्यानाकर्षण पत्र बुझाएकाे साइप्रसबाट रामु कुवरले बताएका छन ।

समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा उपाध्यक्ष चन्द बहादुर ओली,उपाध्यक्ष कविता पाख्रिन,सदस्य ईश्वर बहादुर घर्ती,सदस्य छविका मगर सहितको प्रतिनिधि टोलीले साईप्रस स्थित नेपालीहरु समसामयिक समस्या हरु  बारे छलफल गरेको समाज की उपाध्यक्ष कविता “गोले” पार्खिनले जनाकारी सहित ध्यानाकर्षण पत्र बुझाएकाे कुवरले बताएका छन ।

उक्त बिषय सम्बंधित अवैतनिक वाणिज्य दूतावासको आग्रहमा साईप्रस स्थित सम्पूर्ण सरोकार वाला नेपाली संघ संस्था हरुको सहकार्य मा जन-चेतना मुलक कार्यक्रम हरु आयोजना का लागी  सम्म साईप्रस नेपाली एकता समाजले आवाहन गर्न समेत  गरेको छ। समाजको जानकारीमा आएका साईप्रस स्थित नेपाली दिदि बहिनी दाजु भाई हरुको आम समस्या हरु बारे अवैतनिक वाणिज्य राजदूत महामहिम डा. राम जिवनन पन्जियाँर लाई ध्यानाकर्षण गराएको छ साईप्रस नेपाली एकता समाजले जनाएकाे छ ।

 कानुनी त हामी संग हुनु पर्ने स्वतंत्र अधिकार हुने दस्ता हरु स्वयंम आफु संग छैनन्। १ वर्ष हुदा सम्म पनी भिसा ,आफ्नो राहदानी “पासपोर्ट” कामदार संग छैन। रोजगारदाता बाट खाना भने जस्तो दिएका हुदैनन्, सम्झैता  पत्रमा सहमति गरिएको समय भन्दा धेरै काम गर्नु पर्ने,काम छोड्नु पर्ने परिस्थिति आए मा निजको राजि खुसी जान नमिल्ने नेपाल फिर्ता पठाईदिने जस्ता धम्की दिएर रिलीज़ पेपेर सम्म रोज़गारदाता बाट नदिने, कैयौं चेली हरु को भिसा नै नलागेको त्यस कारण उनीहरु अत्यन्त दैनीय अवस्था रहेको त्यसको सहज र लिगल प्रावधान के?साईप्रस को धेरै जसो प्रान्त हरुमा पैसा को ठगी हुदै छ। ती ठग र दलाल हरु यी विभिन्न रुपमा भेटिने गरेका छन भन्ने कुराहरूमा जानकारी सहित छलफल गरीएकाे जनाएकाे छ ।

 साथी बनेर, सापटी दिदी बहिनी दाजु भाई बनेर, विदेश पठाउछु, काम मिलाईदिन्छु, कोठा मिलाईदिन्छु, अन्य धेरै प्रकार का प्रलोभन दिएर साईप्रस मा ठगी बढ्दै जानुले नेपालीलाइ समस्या भएकाेले साे ध्यानाकर्षण पत्र बुझाएकाे जनाएकाे छ ।

पिडित लाई न्याय ठग दलाल चोरहरु लाई साईप्रस कानून प्रावधान अन्तर्गत दण्ड,कार्यवाही गरी नेपाली हरु लाई सहयोग गर्न  अनुरोध गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ । त्यसै गरी  वैदेशिक रोजगारीको लागी संबंधित देश जादा गरिने श्रम स्वीकृति को म्यात सकिए यता कती वर्ष वा महिना सम्म श्रम स्वीकृति को अविधि हुन्छ? नेपाल बाट गरिएको श्रम स्वीकृति को म्यात सकिए श्रम स्वीकृति कसरी पुनः थप्न गर्न सकिन्छ? त्यसका लागी आवश्यक दस्तावेज हरु के-के हुन? नेपाल बाट साईप्रस आउदा गरिएको श्रम स्वीकृति निजले आफ्नै राजीखुसी बाट काम परिवर्तन गरी अर्को कम्पनी,होटल रेस्टोरेन्ट वा घर हरु मा नौकरी खोज गरी काम सरु गरेमा त्यो नेपाल बाट आउदा गरिएको श्रम स्वीकृति मान्य हुन्छ की हुदैन। हुदैन भने त्यसको कानुन प्रक्रिया के हो? यदी नौकरी परिवर्तन रोज़गारदाता को कारण बाट गर्नु परेको अवस्था मा त्यो मान्य हुन्छ वा हुदैन ? त्यो भन्नाले श्रम स्वीकृति ?  नेपाल सरकार द्वारा मान्यता प्राप्त मेन पावर हरु मार्फत नै नेपाली नागरिक हरु वैदेशिक रोज़गार मा आउने गरेका लगायतका प्रस्न सहितकाे ८  बुदे ध्यानाकर्षण पत्र बुझाएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार