मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • यसकारण रोइन् कंगना

यसकारण रोइन् कंगना

  • बिहिबार, चैत्र १२, २०७७
यसकारण रोइन् कंगना

मुम्बई — बलिउड अभिनेत्री कंगना रनौतको जन्मोत्सवको मौका छोपी आज (२३ मार्च) चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सम्पूर्ण टिम र पत्रकारको उपस्थितिमा चेन्नईमा एउटा कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

आफ्नो मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै कंगना निकै रोइन् । कंगना आफैले आफू रोएको भिडियो क्लिप ट्विटरमा सार्वजनिक गरेकी छिन् ।

भिडियो सेयर गर्दै उनी लेख्छिन्, “म आफूलाई बब्बर शेरनी मान्छु, किनभने म कहिले पनि रुँदिन र कसैलाई मलाई रुवाउने मौका पनि दिन्न । मलाई याद छैन म पछिल्लो पटक कहिले रोएँ, तर अहिले म रुँदै छु । म धेरै नै रुँदैछु र मलाई राम्रो महसुस भैरहेको छ ।” अभिनेत्री रावतले चलचित्रका निर्देशक विजयको तारिफ गर्नेक्रममा भावुक हुँदै रोएकी हुन् ।

चलचित्र निर्माणको समयावधिभरि उनले आफूलाई निकै सहयोग गरेको र आफ्नो क्षमता, प्रतिभालाई प्रोत्साहन गरेको भिडियोमा कंगनाले उल्लेख गरेकी छिन् । अहिलेसम्म कसैले पनि विश्वास नगरेको तर विजले कंगनाको क्षमतालाई बुझेको भन्दै उनी भावुक भएकी हुन् ।

कंगनाको मुख्य भूमिका रहेको ‘थलाइवी’ जयललिताको बायोपिक हो । चलचित्र हिन्दी भाषा लगायत तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । चलचित्र यहि अप्रिल २३ मा रिलिज हुँदैछ । नवभारत टाइम्स

चर्चामा

सम्बन्धित समाचार