बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिपत ब्यबस्थापन समितिको एक दिवसिय अभिमुखी करण गोष्ठी सम्पन्न

बिपत ब्यबस्थापन समितिको एक दिवसिय अभिमुखी करण गोष्ठी सम्पन्न

  • बुधबार, चैत्र ११, २०७७
बिपत ब्यबस्थापन समितिको एक दिवसिय अभिमुखी करण गोष्ठी सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना र संचालनका लागि स्थानीय बिपत ब्यबस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ ।
बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरे संगै सो केन्दू संचालनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना भइ सो संचालन समितिका पदाधिकारी र सदस्यहरुले गर्नुपर्ने कार्यहरुका बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बडिमालिका नगरपालिकाका कर्मचारी बिर बहादुर बिष्ठले बताएका छन ।
स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिसकेकोले सो केन्द्र संचालन सम्बन्धी त्यहाका पदाधिकारी र सरोकारवाला निकाहरुको जानकारीका लागि अभिमुखी करण कार्यक्रमको आयोजना गरिएको बिष्टले बताए ।
आपतकालिन कार्यसंचांलन केन्द्रको विपद्को समयमा पनि केन्द्रको कार्यसञ्चालन अवरोध सृजना हुन नपाओस् भनी विद्युत, सञ्चार जस्ता सुविधाहरुको बैकल्पिक प्रबन्ध सुचना तथा संचार लगायतका बिषयमा जिआइजेठको सहयोग तथा बडिमालिका नगरपालिकाको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताएका छन । यो केन्द्रले सबै किसिमका विपद् घटनाहरुको सूचनाको जानकारी सबैले दिन र लिन सकिने व्यवस्था सम्बन्धी छलफल गर्न जिआईजेटका बिज्ञ भुपमनी दाहले सहजीकरण गरेका थिए ।
नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको सो अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका सबै वडाका वडाअध्यक्ष नगरपालिकाका कर्मचारी वडा सचिव सुरक्षा निकायका प्रमुख गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी र पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमकाे संचालन बिर बहादुर बिष्टले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार