शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा आपतकालिन कार्यसंचांलन केन्द्र स्थापान

बडिमालिका नगरपालिकामा आपतकालिन कार्यसंचांलन केन्द्र स्थापान

  • बुधबार, चैत्र ११, २०७७
बडिमालिका नगरपालिकामा आपतकालिन कार्यसंचांलन केन्द्र स्थापान

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरेको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना गरिएको हो ।
स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य नेपाल सरकारको विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित निकायहरुकोबीच समन्वयकर्ताको रुपमा रही कार्य गर्ने र नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुकोबीचमा पनि प्रतिकार्य कार्यमा समन्वय इकाइको रुपमा सो केन्द्रको स्थापना गरिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।
स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने योजना अनुसार जिल्लामै पहिलो स्थानीय तहरुमध्य बडिमालिका नगरपालिकाले केन्द्रको स्थापन गरिएको नगर प्रमुख बडुवालले बताएका छन ।
आपतकालिन कार्यसंचांलन केन्द्रको विपद्को समयमा पनि केन्द्रको कार्यसञ्चालन अवरोध सृजना हुन नपाओस् भनी विद्युत, सञ्चार जस्ता सुविधाहरुको बैकल्पिक प्रबन्धको छुट्टै व्यवस्था गरिएको जनाएको छ । यो केन्द्रले सबै किसिमका विपद् घटनाहरुको सूचनाको जानकारी सबैले दिन र लिन सकिने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार