शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • ३० बर्षको उमेरमा १२ सन्तान

३० बर्षको उमेरमा १२ सन्तान

  • मङ्लबार, चैत्र १०, २०७७
३० बर्षको उमेरमा १२ सन्तान
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट बस्ने ३० बर्षकि जनसरा बिकले १२ सन्तानको जन्म दिएकि छन्, उनका छोराछोरी र आमा सँगै ।

 बाजुरा —  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट बस्ने ३० बर्षकि जनसरा बिकले ३० बर्षको उमेर पुुग्दा सम्म १२ सन्तानको जन्म दिएकि छन् । १३ बर्षको उमेरमा बिवाह गरेकी जनसराले ३० बर्ष पुुग्दा १२ सन्तानको जन्म दिएकि छन् ।
१२ सन्तान मध्ये ८ सन्तान जिवित रहेका छन् । ४ वटा बच्चाको भने कोही पेटमै कोही जन्मीसकेपछि मृत्यु भएको जनसराले वताएकि छन् । उनका ५ छोरी ३ छोरा जिवित रहेका छन् । उनि ११ पटक गर्भवति रहिन ११ औ पटकमा जुम्ल्याहा बच्चाको जन्म दिएको वताएकि छन् ।
जनसराका बच्चाको जन्मान्तर १ बर्षको फरकमा रहेका छन् । परिवार नियोजनका साधन बारेमा जानकारी समेत नभएकि जनसराले अहिले सम्म नियोजनका साधन प्रयोग समेत नगरेको वताएकि छन् । आर्थिक अबस्था निकै कमजोर रहेकि जनसरालाई परिवार पाल्न निकै धौ, धौ रहेको छ । उनका बच्चाहरु कुपोषित समेत रहेका छन् ।
मनसरा भन्छन्, १६ बर्षको उमेर देखी बच्चा जन्माउन शुरु गरेकि हुँ, गत बर्ष जुम्ल्याहा जन्माएकि हुन् । अहिले पनि मनसरालाई परिवार नियोजनाको साधन प्रयोग गर्नुपर्छ भन्ने कुनै जानकारी समेत नभएको वताईन् । उनका श्रीमान र मनसरा दुुबै निरक्षर रहेका छन् । धेरै सन्तान जन्माएकि मनसराले छोराछोरीको शिक्षादिक्षा र पालनपोषणमा समस्या भएको वताईन् ।
मुक्तिकोट गाउँ नेपालको सबै भन्दा गरिब गाउँ हो । यो गाउँ राज्यको पहुँच भन्दा टाढा रहेको छ । स्वास्थ्य चेतना र स्वास्थ्यको पहुँचमा पनि निकै टाढा रहेको छ । मनसरा जस्तै मुक्तिकोट गाउँ ४ दलित परिवारमा धेरै बच्चा पाइरहेका छन् । २५ बर्ष पुगेको अधिकांश महिलाहरुले ५ भन्दा बढि बच्चा नजन्माएको १ जना पनि नभेटिने गरेको पत्रकार लक्ष्मिराज पाध्यायले वताएका छन् ।
मुक्तिकोट गाउँमा बुढेसकाल सम्म पनि बच्चा जन्माइराख्ने गरेको पाईएका छन् । गाउँमा २० बर्ष पुुगेका अविवाहित केटा र केटी नभेटिने गरेका छन् । गाउँभरिका सबैले बालविवाह गर्ने गरेका छन् । धेरै बच्चा जन्माउने जन्मान्तर पनि कम हुने गरेकाले गाउँका धेरै बालवालिका र महिला कुपोषणको शिकारमा परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार