शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथका वडाअध्यक्ष भण्डारी पाचँ महिनादेखी सम्पर्क बिहिन

जगन्नाथका वडाअध्यक्ष भण्डारी पाचँ महिनादेखी सम्पर्क बिहिन

  • मङ्लबार, चैत्र १०, २०७७
जगन्नाथका वडाअध्यक्ष भण्डारी पाचँ महिनादेखी सम्पर्क बिहिन

जीवन कैला — बाजुराको जगन्नाथ गाउँपालिका वडा नं चारको वडाकार्यालय पाचँ महिना देखि वडाअध्यक्ष विहिन वनेको छ । वडा नं चारका वडाअध्यक्ष पवन बहादुर भण्डारी विगत लामो समय देखि जिल्ला वाहिर रहदा वडाकार्यालबाट हुने कामकाज प्रभावित भै रहेको स्थानियले गुनासो गरेका छन । घर परीवार भेटघाटका लागि गत मंसिरमा कैलाली गएका वडाअध्यक्ष भण्डारी हाल सम्म पनि वडामा नफर्के पछि सेवाग्राहिलाई जन्म दर्ता, नागरीकताको सिफारिस लगायतका सेवा लिन समस्या भएको स्थानिय उमेश भण्डारीले जानकारी दिए ।

घर परीवार भेट्न भन्दै गत मंसिरमा कैलाली गएका वडाअध्यक्ष भण्डारी पाचँ महिना पुगी सक्दा पनि बाजुरा नर्फकेकोले सेवाग्राहिले सास्ती ब्यहोर्नुपरेको उनले बताए । कार्यवाहाक वडाअध्यक्षको कार्यजीम्मेवारी पाउनुभएका वडा सदश्य नरी वुढा पनि कार्यालय वस्ने नगरेको स्थानियले गुनासो गरेका छन । कार्यवाहाक वडाअध्यक्ष वुढा नियमित कार्यालयमा नहुदा सेवाग्राहिले घरमा पुगेर सेवा लिने गरेका अर्का स्थानिय निर्प भण्डारीले बताए । वडा नं चारको घरासिवाडामा निमाणर् सम्पन्न मन्दिरको सिफारीस लिन आफु संयम वुढाको घरमा पुगेको भण्डारीको भनाई छ ।

वडाकार्यालयबाट सामान्य सिफारिस लिएका सेवाग्राहि दस्तखत गराउन र छाप लगाउन वुढाको घर धाउने गरेका छन । वडा नं चारका कार्यवाहाक वडाअध्यक्ष वुढा वडा नं तिनको सिम भन्ने ठाउँमा वस्दै आउनुभएको स्थानियले बताएका छन । नागरीकताको सिफासिमा दस्तखत गराउनका लागि आफु पनि सिम पुगेर फर्केको स्थानिय प्रयाग धरालाले बताए । सिफारीसमा दस्तखत गराउन र छाप हान्न पनि सेवाग्राहिले एक घण्टाको पैदलदुरी हिनेर फर्किनुपर्ने वाध्यता छ ।

कार्यालयको टेवुलबाट सेवा दिनुपर्ने समयमा जनप्रतिनिधिहरुलाई भेट्न घरघरमै पुग्नु पर्ने वाध्यता रहेको छ । वडा नं चारका कार्यवहाक वडाअध्यक्ष वुढाले भने आफु नियमित कार्यलयमा वस्न नसकेको स्वीकारेका छन । तिन महिनाका लागि मात्र कार्यवाहाक अध्यक्षको जिम्मा लिएको बताउदै वुढाले यति लामो समय सम्म आफुले जिम्मा लिन नसक्ने बताए । पाचँ पाचँ महिना सम्म पनि वडाअध्यक्ष भण्डारी संग आफ्नो सम्र्पक पनि नभएको र फोन गर्दा पनि फोन नउठाएको बताए ।

यता जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीवहादुर शाहीले वडाअध्यक्ष भण्डारी सम्र्पक विहिन हुदा सेवाग्राहिलाई सास्ती भएको बताए । साढे तिन महिना देखि आफ्नो पनि सम्र्पकमा नरहेको बताउदै गाउँपालिकाका अध्यक्ष शाहीले आफुलाई पनि समस्या भएको बताए । नागरीकलाई सेवा दिन गाउँपालिकाले अव के गर्छ त ? भन्ने प्रश्नमा उनले गाउँकार्यपालिकाले निणर्य गर्ने बताए । रीक्त रहेको वडाअध्यक्ष पदपुर्ति गर्न राजिनामा दिएको हुनपर्ने बताउदै गाउँपालिकाका अध्यक्ष शाहीले गाउँकार्यपालिकाको वैठकबाट विकल्प खोज्ने बताए ।

उता जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद प्रसाद गैह्रेले पनि वडाअध्यक्ष भण्डारी सम्र्पक विहिन भएको सहजै स्वीकारेका छन । जाने वेला पनि वडाअध्यक्ष भण्डारीले आफुलार्ई जानकारी नगराई गएको र अहिले सम्म पनि गाउँपालिकाको सम्र्पकमा नआएको बताए । कता गएका हुन, किन गएका हुन यो विषयमा गाउँपालिकालाई कुनै जानकारी नभएको बताए । लामो समय देखि सम्र्पक विहिन भएका वडाअध्यक्ष भण्डारीले पाउने दशंैबाटको सम्पुणर् सेवा सुविधा पनि गाउँपालिकाले रोकेको बताए । वडा नं चारका वडाअध्यक्ष पदम बहादुर भण्डारीलाई वारम्वार टेलिफोन बाट सम्र्पकमा ल्याउन खोज्दा उनको फोन रिसिभ भइरहेको छैन ।

चर्चामा

सम्बन्धित समाचार