शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • व्यस्त निर्देशक प्रियजन राईको निर्देशनमा माया जालैमा भिडियो

व्यस्त निर्देशक प्रियजन राईको निर्देशनमा माया जालैमा भिडियो

  • मङ्लबार, चैत्र १०, २०७७
व्यस्त निर्देशक प्रियजन राईको निर्देशनमा माया जालैमा भिडियो

गायक बासुदेव राईको लोक आधुनिक गीत ‘माया जालैमा’सार्वजनिक गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाले निर्माण गरेको पालिका पार्कमा छायांकन गरिएको भिडियो बासुदेवकै व्यक्तिगत यूटुवबाट सार्वजनिक गरिएको छ ।

प्रियजन राईको निर्देशनमा तयार हुने गीतको भिडियोमा सुशान्त आर.टी र सोनी लगुनले रोमान्स गरेका छन् । विकास नेपालीको कोरियोग्राफ रहेको भिडियो मोहन कुमार झिल्लुले खिचेका छन् ।

शिव संगम राईको गीत र संगीत रहेको गीतमा बासुदेव संग मेलिना राईले स्वर दिएकी छिन् । गीतमा सुन्दर लामाले संगीत संयोजन गरेका छन् ।

भोजपुरको दिङलामा जन्मेका बासुदेव भुपू इन्डियन आर्मी हुन् । उनै बासुदेवले एकपछि अर्को गीत बजारमा ल्याउदैछन् । केही हप्ता अघि मात्र ‘परदेशीको जीवन’बजारमा ल्याएका थिए

चर्चामा

सम्बन्धित समाचार