शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पत्रकार महासंघको चुनावी माहोल बढ्यो, को कहाँबाट दिदैछन उम्मेद्धारी

बाजुरामा पत्रकार महासंघको चुनावी माहोल बढ्यो, को कहाँबाट दिदैछन उम्मेद्धारी

  • सोमवार, चैत्र ९, २०७७
बाजुरामा पत्रकार महासंघको चुनावी माहोल बढ्यो, को कहाँबाट दिदैछन उम्मेद्धारी

बाजुरा — बाजुरा नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनको तालिका सार्वजनिक भएसँगै बाजुरा जिल्लामा पनी चुनावी माहोल बढेको छ ।
पत्रकारका विभिन्न संघ संगठन तथा पत्रकारहरु आ-आफ्नो पक्षमा माहोल सिर्जना गर्न चुनावी गतिविधिमा संक्रिय भएका देखीन्छन । केहीले आफ्नो उम्मेद्धारी मतदाताहरु संग मात्रै खुलाएका छन भने केही ब्यक्तीहरुले फेशबुक संजाल मार्फत उम्मेद्धारी घोषण गरेका देखन्छन । नेपाली काँग्रेस निकट प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी, नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर लगायत संगठनले आ-आफ्नो चुनावी अभियान संगै उम्मेदार छान्ने काम तिब्र रुपमा बढाएका छन्। प्रेस चौतारीभित्र पनि ओली र माधव समूहले पनि छुट्टा छुट्टै उम्मेद्धार तयार पारेकोे छ ।
को कहाँबाट उम्मेद्धार
प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेले अध्यक्ष पदकाका लागि फेशबुकमा आफ्नो संगठनको उम्मेद्धार घोषणा गरी सकेका छन । प्रेस युनियन बाजुराले प्रेस युनियन बाजुराका निबर्तमान अध्यक्ष छक्क मल्ललाई अगाडी सारेको प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेले फेशबुक मार्फत सार्बजनिक गरेका छन ।
त्यसै गरी केपी ओली पक्षधर मानिने प्रेश चौतारीका उपाअध्यक्ष समेत रहेका पदम बहादुर सिहंको फेशबुकमा अध्यक्षका उम्मेद्धार भनेर निकै चर्चा चलिरहेको देखीन्छ ।
आज सम्म बाजुरामा बिभिन्न संगठनका ६ जनाको अध्यक्षमा चर्चा भइरहेको छ । जसमा प्रेस चौतारी केपी ओली समुहबाट प्रेश चाैतारीका अध्यक्ष बसन्त बिश्वकर्मा र उपाअध्यक्ष पदम सिहंको नाम अगाडी आएको छ भने तुलाराम जोशीले केही दिन अगाडी आफु पनी अध्यक्षको उम्मेद्धार रहेको बताएका थिए ।
त्यसै गरी प्रेश चौतारी माधव नेपाल समुहबाट एक जना मात्रै उम्मेद्धार रहेका छन हाल पत्रकार महासघं बाजुराका सचिव समेत रहेका प्रेम बिकलाई अगाडी बढाउने तयारी रहेको श्रोतको भनाई रहेको छ ।
त्यस्तै नेकपा माओबादी केन्द्र निकट प्रेश सेन्टर पनी एक जना अध्यक्षको उम्मेद्धारी दिने तयारीमा रहेका छ । हाल नेपाल पत्रकार महासघ बाजुरा शाखाका बरिष्ठ उपाअध्यक्ष समेत रहेका निमेन्द्र शाहीले पनी अध्यक्षको आकाङक्षी रहेको बताएका छन । प्रेश चाैतारीबाट अध्यक्ष बनेका  नेपाल पत्रकार महासघ बाजुराका बर्तमान अध्यक्ष प्रकाश सिहं भने ओली र माधव पक्षमा संगठन बिभाजन पछि कतै खुलेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार