मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका स्थानिय तह पूर्ण खोपयुक्त घोषणा अभियानमा

बाजुराका स्थानिय तह पूर्ण खोपयुक्त घोषणा अभियानमा

चैत महिना भित्र बाजुुरालाई खोपयुक्त घोषणा गरिसक्ने

  • सोमवार, चैत्र ९, २०७७
बाजुराका स्थानिय तह पूर्ण खोपयुक्त घोषणा अभियानमा

बाजुुरा — बाजुराका स्थानिय तह पूर्ण खोपयुक्त पालिका घोषणा अभियानमा लागेका छन् । चैत महिना भित्र बाजुराका ९ वटै स्थानिय तहलाई खोपयुक्त घोषणा गरेर जिल्ला नै घोषणा गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् ।
जन्मदेखी १५ महिना मुनिका सम्पुणर् बालवालिकालाई खोप लगाएर कोही नछुटेको भए अनुुगमनका आधारमा वडा, पालिका हुदै जिल्ला घोषणा गर्ने रहेको छ । बाजुरामा १५ महिना मुनिका करिब ६ हजार बालवालिका रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
१५ मुनिका बालवालिकालाई १२ वटा सरुवा रोग बिरुद्ध ८ वटा खोप लगाउनुपर्ने हुन्छ । पुण खोपयुक्त घोषणा गर्नका लागि सबै बालवालिकाले एउटा पनि खोप नछुट्याएको हुनुपर्ने स्वास्थ्य कार्यलयका महेश चन्दले वताएका छन् । १६ महिना देखी २३ महिना सम्मका बालवालिका गाउँ गाउँमा खोजेर छुटेको भए खोप दिने रहेको स्थानिय तहले वताएका छन् । कोही पनि नछुटेको भए मात्र घोषणा गर्ने रहेको स्वास्थ्यकर्मीले वताए ।
कोही पनि नछुटेको पाईएमा र खोपको पहुँचमा रहे मात्र खोप युक्त घोषणा गर्ने रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका बाजुरा अध्यक्ष नरेन्द्र कुमार रोकायाले वताएका छन् । गौमुल गाउँपालिका १ हप्ता पहिलानै जिल्लाकै पहिलो पूण खोपयुत गाउँपालिका घोषणा गरेको थियो ।
“खोप लगाउ, दिगोपना सुनिश्चित गरौं” भन्ने नाराका साथ जिल्लामा मात्र नभई शुदुरपश्चिम प्रदेशमा पहिलो स्थानीय तहका रुपमा गाउँपालिका घोषणा गरिएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । गाउँपालिका भरीमा कुनै पनि बालवालिका नछुटेको भेटिएकाले गाउँपालिकालाई खोपयुक्त घोषणा गरेको अध्यक्ष रोकायाले वताएका छन् । अन्य ९ पटा स्थानिय तह पनि घोषणा गर्ने अन्तिम तयारीमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय बाजुराले खोपयुक्त घोषणाका लागि ९ बटै स्थानिय तहका प्रमुख, उपप्रमुुख, प्रमख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक, प्रमुुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायहरु सँग छलफल तथा सहकार्य गरिरहेको छ । बाजुराका दुुर्गम गाउँ तथा पछाडि परेका वर्गमा खोपको पहुँच बढाउनका लागि स्थानिय तहले बिभिन्न गतिबिधि गर्दै आएको छ ।
सबै परिवार सहित मौसमी बसाइ सर्ने भोटे जनजाति समुदायका बालवालिकालाई अस्थायि बसोवास गरेकै ठाँउमा पुुगेर खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार