बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • बिना नम्बरको मोसाले ठक्कर दिदा ट्राफिक हवल्दार घाइते

बिना नम्बरको मोसाले ठक्कर दिदा ट्राफिक हवल्दार घाइते

  • शुक्रबार, चैत्र ६, २०७७
बिना नम्बरको मोसाले ठक्कर दिदा ट्राफिक हवल्दार घाइते

 मेवालाल यादव/रौतहट — रौतहटको गौर च पुर सडक खण्डमा पर्ने सुकदेव चोक स्थित बिहीबार राती करिब ७, २० बजेको समयमा सदरमुकाम गौरबाट गरुडा तर्फ गईरहेका बिना नम्बरको आर वन फाईव भिएसका चालकले आत्याधिक मात्रामा मादक पदार्थ सेवन गरि चलाई राखेको मो सा बाट डिउटीको बेला चेक जाँच गरिरहेका ट्राफिक हवल्दार रामचन्द्र दासलाई ठक्करदिदा दास घाईते भएका छन्। घाइते हवल्दार दासलाई टाउकोमा सातवटा टांका लागी नजिकमा रहेको शिवदर्शन सेन्ट्रल अस्पताल प्रा लि सुकदेव चोकमा उपचार भइरहेको छ भने मो सा सुकदेव चोक प्रहरीको नियन्त्रणमा रहेको छ तथा चालक ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको स्रोतले जनाएका छन।प्राप्त जानकारी अनुसार समान्य उपचार पश्चात थप उपचारका लागि बीरगंज न्युरो अस्पताल पठाईएको छ।

चर्चामा

सम्बन्धित समाचार