
कस्तो दिन आयो मरे रीप जन्मे बधाई मात्र,
भेट-घाट हुँदैन फोन बाट कस्तो अराई मात्र।
सञ्चार ले नजिक मात्रै होईन टाडा गरायो।
बहाना मिल्यो बिजी थिएँ भन्ने सफाई मात्र।
रचना लेख्छु मिहेनत गर्दै ठिक बेठिक खैत,
स्टिकर राख्छन नराख भन्दा नी मपाई मात्र।
रचना कारको हौशला बढाउँनुछ भने लेख्नु,
तितो मिठो प्रतिकृया त्यहीत हो कमाई मात्र।
म कत्ति खुसि हुँदैन स्टिकर रचनामा राख्दा,
यस्तो अरुलाई पनि हुँदो हो की मलाई मात्र।
यो रचना मा मेरो कुनै अर्को स्वार्थ भन्दा नी,
खुसिहुन्छु म मेरा शब्दले जनता जगाई मात्र।
जस्तो देख्छु उस्तै लेख्ने कोसिशमा सधै रहेँ,
सक्यासम्मको पौरख यहि भित्र खनाई मात्र।
