
बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा उनको शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए।
