शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • एक दिने अभिमुखिकरण कार्यक्रम त्रिवेणीमा सम्पन्न

एक दिने अभिमुखिकरण कार्यक्रम त्रिवेणीमा सम्पन्न

  • मङ्लबार, चैत्र ३, २०७७
एक दिने अभिमुखिकरण कार्यक्रम त्रिवेणीमा सम्पन्न

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा जलवायू उर्जा तथा वातावरण कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । त्रिवेणी नगरपालिकाको आयोजना र युनिसेफ नेपालको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
सो कार्यक्रम त्रिवेणी नगरपालिकामा ४४ महिना सम्म लागुहुने भएको छ । विशेष गरि सम्पुर्ण वडाहरुमा सुधारिएको चुला वितरण गरि धुवाबाट लाग्ने विभिन्न रोगबाट बच्नको लागि सो कार्यक्रम गरिएको बताएको छ । हालको लागि २ हजार परिवारलाई मात्र वितरण गरिने र क्रमिकरुपमा सम्पुर्ण वडामा यो कार्यक्रम लागुहुने भएको छ ।
कार्यक्रमको सहजिकरण युनिसेफ नेपालका योजना अधिकृत राजेशसारु मगर , शिक्षा अधिकृत ईन्द्र प्रसाद गुप्ता र उर्जा तथा वातावरण संयोजक कृष्ण शाहिले गर्नु भएको थियो । त्रिवेणी नगरपालिका नगर उपप्रमुख राधिका देवि सुनारको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नौ ओटै वडाका वडा अध्यक्ष , सचिव र नगरपालिकामा कार्यरत कर्मचारिको सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तव्य त्रिवेणी नगरपालिका रोजगार संयोजक अर्जुन रोकायाले गर्नु भएको सुचना अधिकृत नरेश राज पन्तले जानकारि दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार