शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • अनाथालयमा २४ कुण्डीय गायत्री महायज्ञ आरम्भ

अनाथालयमा २४ कुण्डीय गायत्री महायज्ञ आरम्भ

  • सोमवार, चैत्र २, २०७७
अनाथालयमा २४ कुण्डीय गायत्री महायज्ञ आरम्भ

मेवालाल यादव — आइतबार जिल्लाका मध्यभाग गरूडामा रहेको बंशीराम जयसवाल अनाथालय परिवार द्वारा ४ दिने २४ कुण्डीय गायत्री महायज्ञ आइतबार देखि सुरु भएको छ। अनाथालयमा प्रत्येक साल देखि मनाउदै आइरहेको रजत जयन्ती सम्मान समारोहका प्रमुख अतिथि मननीय देव प्रसाद तिमल्सिनाले कार्यक्रम उद्घाटन गरेका छन्।

अनाथालयको कलश यात्रामा१०५१ कुमारी कन्याले नगर परिक्रमा गरि यज्ञ स्थलमा २४ कुण्डीयको चारै तिरबाट सो कलशहरु राखिएको छ। यो आनाथालयमा ६ जना छात्रा तथा २७ जना छात्र लगायत अनाथालयका ३जना उत्तराधिकारी गरी कुल ३६ जना रहेको सोही संस्थाका हृदय नारायण कुशवाहाले बताएका छन्। अनाथालयको स्थापना २०५२ सालमा भएकोमा हालसम्म यस संस्थाबाट सरकारी जागिर तर्फ २६ जना १ जना साउथ कोरिया भारतीयको बनारसमा १ जना मुम्बई १ जना हरिद्वार १ जना गरी ३२ जना हाल रोजगारमा रही अनाथालयमा सहयोग समेत गर्दै आईरहेको छ।

 अनाथालयमा एक वटा तेल ट्याक्टर रहेको र सोको आम्दानीबाट अनाथ बालबालिकाहरुको लालनपोसन समेत भइरहेको जानकारी प्राप्त भएको छ। यस अनाथालयमा जारी रहेको गायत्री महायज्ञ कार्यक्रममा संगितमयका बिज्ञ बिजय शंकर पटेल द्वारा विभिन्न भजनहरु प्रस्तुत भईरहेको सो मधुर संगितले दर्शक तथा स्थानीयहरु हर्षित भएको हो।

चर्चामा

सम्बन्धित समाचार