शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बुढीगंगामा कृषक पेन्सन कार्यक्रम शुुरु

बुढीगंगामा कृषक पेन्सन कार्यक्रम शुुरु

  • आइतवार, चैत्र १, २०७७
बुढीगंगामा कृषक पेन्सन कार्यक्रम शुुरु
फाेटाे : प्रदिप साउद राेजगार संयाेजक बुढिगंगा नपा

बाजुरा–बुढीगंगा नगरपालिकामा कृषक पेन्सन कार्यक्रम शुुरु भएको छ । नगरपालिकाले कृषकहरुलाई पेन्सन वितरण परिचय पत्र बितरण शुुरु सँगै कृषक पेन्सन कार्यक्रम शुरु गरेको बुुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
कृषि पेशा र पशुपालन व्यवसायमा लागेका ३७ जना कृषकलाई पहिलो चरणमा कृषक पेन्सन परिचय पत्र बितरण गरेको नगरपालिकाले वताएको छ । परिचय पत्र बितरण सँगै कृषकहरुले अब मासिक रुपमा १ हजारका दरले रकम पाउने भएका हुुन् । उनिहरुको रकम बैकं मार्फत भुुक्तानि गरिने भएको छ । कृषि पेशा आर्कषित सँगै कृषहरुलाई प्रोत्साहन स्वरुप प्रति व्यक्ति एक हजारका दरले नियमित पेन्सन दिने नगरप्रमुख शाहले वताए ।
नगरपालिकाले गत बर्ष बनाएको कृषक पेन्सन कार्यक्रम कार्यविधी २०७६ को मापदण्डमा रही २० जना कृषि क्षेत्र र १७ जना पशुपालन क्षेत्रका कृषकहरु गरी ३७ जनालाई कृषक पेन्सन परिचय पत्र बितरण गरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेमकाजी महर्जनले वताएका छन् ।
कृषकले पेन्सन पाँउनका लागि तीन रोपनी जमिनमा निरन्तर तरकारी खेती गरेको हुनुपर्ने, ४० वटा भेडा वा बाख्रा पालन गरेको कृषक हुनुपर्ने, एक हजार ब्वाइलर तथा लियरर्स कुुखुरा र दुई सय स्थानीय जातका कुखुरा अनिवार्य पालेको हुुनुुपर्ने कार्यबिधिमा रहेको छ । त्यस्तै ५ वटा दुुना गाई तथा भैसी पालन गरि बजारीकरण गरेकाले पनि पेन्सन पाँउने भएका छन् । नगरपालिकाले कृषि र पशुपालन व्यवसायबाट नै कृषकहरुलाई आत्मनिर्भर बनाउन गरी नगरपालिकाले कृषक पेन्सन कार्यक्रम ल्याएको हो ।
कृषक पेन्सन कार्यक्रममा प्रत्येक महिना कृषि र पशुपालन व्यवसायमा लागेका कृषकहरु थपघट हुने सक्ने बताइएको छ । पेन्सन पाएका कृषकहरुले व्यवसायका् छोडेको हुनसक्ने र निरन्तरता दिए नदिएको अनुगमन गरी मात्र प्रत्येक महिना पेन्सन दिने नगरपालिकाले वताएको छ । नगरपालिकाका नागरिकहरुलाई कृषि र पशुपालन क्षेत्रमा अग्रसर गरी आत्मनिर्भर बनाउका लागि यो कार्यक्रम ल्याएको कृषि शाखा प्रमुख दिपक थापाले वताए ।
कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले भने यो देशमै नमुुना र पहिलो कार्यक्रम रहेको वताएका छन् । यसले कृषकहरुलाई व्यवसायीक बनाउन र कृषि पेशा प्रति राज्यले प्रदान गर्ने सम्मान मार्फत किसानहरुलाई थप उत्प्रेरणा जागृत गराउन महत्वपुणर् भुुमिका निर्वाह गर्ने जैशीले वताए ।

चर्चामा

सम्बन्धित समाचार