बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बिरामीको उपचार सँगै आर्थिक सहयोग गर्ने डा. रुपचन्द्रको बिदाई हुँदा बाजुरामा

बिरामीको उपचार सँगै आर्थिक सहयोग गर्ने डा. रुपचन्द्रको बिदाई हुँदा बाजुरामा

  • आइतवार, चैत्र १, २०७७
बिरामीको उपचार सँगै आर्थिक सहयोग गर्ने डा. रुपचन्द्रको बिदाई हुँदा बाजुरामा

बाजुरा — डाक्टर रुपचन्द्र बिश्वकर्माले बाजुरामा ४ बर्ष काम गरेर बिदाइ भएर गए । बाजुरा जन्मेका बिक जिल्ला अस्पताल बाजुराको प्रमुख भएर काम गरे । उनी बाजुरा बाट बिदाई सँगै एमडि पढनका लागि चितवन मेडिकल कलेज गएका छन् डाक्टर रुपचन्द्र बिक बाजुरा जस्तो दुुर्गम ठाँउमा सबै भन्दा बढि बस्ने चिकित्सक हुुन । उनले बिरामीको उपचार मात्र गरेर, आर्थिक अभाबमा पैसा नभएका बिरामीलाई सहयोग समेत गरे । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएका बिरामीलाई जिल्ला बाहिर उपचार गर्न जादा उनले धेरैलाई आर्थिक सहयोग गरेका थिए ।
चार बर्ष लामो बाजुरामा सेवा गरेका रुपचन्द्र बाजुराको स्वास्थ्य सेवामा परिवर्तन गर्नमा ठुलो भुमिका निर्वाह गरेका थिए । अस्पताल प्रमुख भएपनि बिरामीको चेकजाँच र उपचारमा उनि रातदिन नभनि काममा खटिरहेका थिए । उनले बाजुरा जस्तो बिकट ठाँउमा सेवा गरेकै कारणले उनि धेरै ठाँउ बाट सम्मानित समेत भएका थिए । रुपचन्द्र बिश्कर्मा बाजुुरामा रहँदा बिरामी बाट न्यानो माया र सम्मान पाएका छन् ।
रुपचन्द्रको बिरामीको उपचार गर्ने त काम नै थियो, तर उनले धेरै बिरामीलाई आर्थिक सहयोग गरेका छन् । बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाई आर्थिक अभाबमा जिल्ला अस्पतालको शैयामा छट्पटाइरहेका थिए । बादुरे आर्थिक अभाबमा उनि जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी तड्पिरहेका थिए । उनलाई जिल्ला अस्पताल बाजुरामा उपचार हुने सम्भाबना थिएन्, बादुरेलाई काठमाडौ लिनलाई उनले ५ हजार सहयोग गरेका थिए ।
डा. रुपचन्द्रले जिल्ला अस्पताल बाजुराको बसाईमा बादुरे जस्ता धेरै बिरामीलाई आर्थिक सहयोग गरेका छन् । रुपचन्द्रलाई चिन्नेले भन्छन्, उनिमा सामाजिक भाबना, सहयोगि भावना रहेको पाईएको बताउँछन् । अर्को उनि बाजुरामा जस्तो दुुर्गममा धेरै सेवा गर्ने चिकित्सक हुुन जस्ले बाजुरामा ४ बर्ष १० दिन काम गरेका छन् ।
डा. रुपचन्द्रको अगुुवाईमा स्वास्थ्य चौकिमा चिकित्सक पठाएर बिरामीलाई त्यहि सेवा समेत शुुरु गरेका थिए । अलपत्र बिरामीलाई सेवा लिन उनि घरमै पुुग्ने गरेका थिए । बडिमालिका ९ बस्ने ६१ बर्षका रति थापा अलपत्र परेको समचार बडिमालिका खबरमा सार्वजनिक भएपछि अस्पताल बाजुराका प्रमुख डा. रुपच्द्र बिश्वकर्मा उनको घरमा पुगेका थिए । रति थापा अरुको साहारमा बाचेको भएपनि तत्कालिन महिला तथा बालवालिका कार्यलयले उनलाई ‘ख’ वर्गको परिचय पत्र दिएको थियो ।
डा. बिश्वकर्माले बडिमालिका खबरमा समचार र भिडियो हेरेपछि उनको ‘ख’ वर्गको अपांग परिचय पत्र रहेको जानकारी पाएपछि उनको स्वास्थ्य अबस्था बुझ्न रतिको घर पुगेका हुन् । बिश्वकर्माले भने भिडियो हेर्दा क वर्गको अपांग परिचय पत्र पाउनुपर्ने देखिएकाले उनकै घरमा पुगेको वताएका छन् । उनको भिडियो हेर्दा निकै पिडादायक थियो, प्रत्यक्ष पुग्दा पनि उनि क वर्गको अपांग परिचय पत्र पाउने गरि शिफारिस गरेर रतिले क वर्गको परिचय पत्र पाए । रतिलाइ अस्पताल लिने कोही थिएन्, उनका पिडा देखेर डा. रुपचन्द्र घरनै पुुगे ।
बाजुरामा बस्दा डा. रुपचन्द्र बिश्वकर्माका यस्ता धेरै उदाहरण छन्, । धेरै दिनदुखिको उनि भगवान रुपमा साबित भएका छन् । कोल्टिमा सेनाको बिमान दुुर्घटनामा उनले घाइतेको उपचारमा खेलेको भुुमिका अझै चर्चामा रहेकाे छ। उनि धेरै बिरामीलाई मृत्युको मुुखमा पुुगेकालाई बचाउनमा सफल भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार