बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • द्वन्द्वमा हराएका २२ वर्षपछि फर्किए परु, उनलाइ बाजागाजा सहित स्वागत

द्वन्द्वमा हराएका २२ वर्षपछि फर्किए परु, उनलाइ बाजागाजा सहित स्वागत

  • आइतवार, चैत्र १, २०७७
द्वन्द्वमा हराएका २२ वर्षपछि फर्किए परु, उनलाइ बाजागाजा सहित स्वागत

नहकुल जोशी — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चार वाईका परु प्रसाद जोशी सम्र्पक विहिन भएको २२ वर्ष पछि घर फर्किएका छन । घरपरीवारबाट सम्र्पक विहिन वनेको २२ वर्ष पछि जोशी घर फर्किदा परीवारमा खुशियाली छाएको छ ।
विगत २०५५ साल तत्कालिन दन्द्धका समयमा घरबाट भागेर प्रदेशीयका जोशी २२ वर्ष पछि घर फर्किदा स्थानियले हर्षोल्लासका साथ स्वागत गरेका छन । मरीसक्यो भनेर आस मारेको लामो समय पछि वेपत्ता भएको भाई आएको खवरले हर्षित वनाएको र आज परीवारका सवै सदशयमा खुशियाली छाएको उनका दाई पूण प्रसाद जोशीले बताए । लामो समय सम्म कुनै पनि खवर नआए पछि आफुहरुले खोजीनितिका लागि विभन्न ठाउँमा प्रयास गरे पनि कत्तै पत्ता नलागेपछि भाई जिवितै छन होला भन्ने आसै मरीसकेको थियो उनले बताए । ढिलै भए पनि भाई जीवितै आयो भाईलाई देख्दा परीवारमा हर्ष छाएको उनले बताए ।
भाई घर फर्के पछि यो भन्दा खुशिको कुरा अरु के छर भन्दै उहाँका जेठा दाजु नैनचन्द्र जोशीले खुशी ब्यक्त गरे । वुवा छदै गर्दा भाई फर्केको भए उहाँहरु खुसीले देह त्याग गर्नु हुन्थ्यो । बुवाले चिन्ता मान्दै वित्नु भयो । तर पनि भाई आएको प्रति जोशी परीवारमा नै हर्षउल्लास छाएको उनले बताए । स्वामीकार्तिक मावि वाईमा कक्षा आठमा पढदै गर्दा द्धन्द्धको त्रास र साथीभाईको लहै लहैमा लागेर आफुहरु ईन्डीयामा गएको र उतै विभिन्न ठाउँमा काम गर्दै कहाँ घर हो कता जाने भन्ने पत्तो नपाएको बेपत्ता भएर घर फर्किएका परु जोशीले बताए । बेपत्ता जोशीलाई बुढीनन्दा नगरपालिका वडा नं एकको जंशालमा रहेको घरमा बाजागाजा सहित भब्य स्वागत गरीएको आफन्त माधव जोशीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार