बाजुरा–शुुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुुख तथा प्रहरी नायब महानिरिक्षक उत्तम राज सुुवेदीले निर्मला पन्तको हत्यारा चाडै सार्वजनिक गर्ने वताएका छन् । सुुबेदीले भने भागरथि भट्टको हत्या प्रकरणमा सफल भएको भएपछि निर्मला पन्तको घटनामा पनि चाडै प्रहरी नजिक पुुग्ने बाजुराको सदरमुुकाम मार्तडीमा सञ्चालनमा भएको एक कार्यक्रममा बताए ।
जिल्ला प्रहरि कार्यलय बाजुराले आयोजना गरेको सामुुदायिक साझेदारी कार्यक्रममा सुुवेदीले यो प्रदेशका अपराधिक घटनाहरुलाई न्युुनिकरण गर्न प्रहरी लागेको वताए । सामुुदाय प्रहरी साझेदारी कार्यक्रम बिचमा कोरोनाका कारणले रोकिएको थियो, पुुन सञ्चालनमा आएको जानकारी गराएका थिए । यो कार्यक्रम बिद्यालय र समुुदाय स्तरमा अपराध कम गर्नका लागि बिभिन्न गतिबिधि गर्ने जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
समुुदाय साझेदारी बाजुरामा पनि सञ्चालन भएको वताएको छ । सदरमुुकाम मार्तडीमा भएको कार्यक्रमको अध्यक्ष बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले गरेकी थिईन्, भने सञ्चालन जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख मदनजित महराले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, सरोकारवालको सहभागिता रहेको थियो ।