शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • अछामकी महिलाकाे भारतमा करेन्ट लागेर मृत्यु

अछामकी महिलाकाे भारतमा करेन्ट लागेर मृत्यु

  • बिहिबार, फाल्गुन २०, २०७७
अछामकी महिलाकाे भारतमा करेन्ट लागेर मृत्यु

अछामकी एक महिलाको भारतको हैदरावादमा करेन्ट लागेर ज्यान गएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली घर भई हाल भारत हैदरावादमा रोजगारी गर्दै आउनु भएका २१ वर्षकी जानकी बोगटीको करेन्ट लागेर ज्यान गएको हो।

बुधबार साँझ बिल्डिङको बाहिर बरण्डामा सुकाउन लगाएका लुगा निकाल्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर ज्यान गएको उहाँका श्रीमान तिल बहादुर बोगटीले बताउनु भयो। भारत हैदरावादको बोईन पल्ली भन्ने ठाउँमा जानकी श्रीमान सहित बस्दै थिइन ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैन माईती घर भएकी जानकीको करिब २ वर्ष पहिले विवाह भएको थियो। दुई वर्ष देखि नै भारत बस्दै आएकी जानकीको एउटा छोरी समेत रहेकी उनका ससुरा प्रेम बहादुर बोगटीले बताए।

घटना पछि भारतीय प्रहरीले घटना बारे आवश्यक जानकारी समेत लिएको श्रीमान तिल बहादुरले बताए ।

चर्चामा

सम्बन्धित समाचार