शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • पेट पाल्न गाँउ चाहार्दै तिन नाबालक दलित दाजुुभाई

पेट पाल्न गाँउ चाहार्दै तिन नाबालक दलित दाजुुभाई

बुुवाको क्यान्सरले मृत्यु, आमाले अर्को बिहे गरेपछि अलपत्र

  • बिहिबार, फाल्गुन २०, २०७७
पेट पाल्न गाँउ चाहार्दै तिन नाबालक दलित दाजुुभाई
बाजुुराको बुुढिनन्दा नगरपालिका ५ खोयामा तिन दलित दाजुुभाई अलपत्र रहेका छन् । बुुवा क्यान्सर कारणले मृत्युु र आमाले अर्को बिहे गरेपछि तिन दाजुुभाई अलपत्र रहेको छन् ।

बाजुरा– बाजुुराको बुुढिनन्दा नगरपालिका ५ खोयामा तिन नाबालक दलित दाजुुभाई अलपत्र रहेका छन् । बुुवा क्यान्सर कारणले मृत्युु र आमाले अर्को बिहे गरेपछि तिन दाजुुभाई अलपत्र रहेको स्थानिय पत्रकार कालिका उपाध्यायले वताएकि छन् । उनिहरु पेट पाल्नका लागि गाँउ चाहार्ने गरेका छन् ।
अलपत्र पर्नेमा ५ बर्षको राजेश दमाई, ३ बर्षको तिलक दमाई र २ बर्षको अमित दमाई रहेका छन् । उनिहरु अहिले शाहाराबिहिन बनेका छन्, गाँउ डुुलेर मागेर पेटभरिरहेको स्थानियले वताएका छन् । दल दमाईको भदौ महिनामा भारतमा उपचारका क्रममा मृत्यु भएको थियो । दलकि श्रीमति दरपना दमाईले माघ १३ गते जगन्नाथ गाँउपालिकामा अर्को बिहे गरेर गएपछि अलपत्र रहेको थुमा दमाईले वताएकी छन् ।
दल दमाई माथिल्लो जातिको हलो जोतेर परिवार पाल्ने गरेका थिए । दलनै बिरामी भएपछि दरपनाले मागेर छोरा पालिरहेकि थिईन्, । श्रीमानको मृत्युुको केही महिना सम्म छोरा पालेर बसेको भएपनि छोरालाई माइत जान्छुु भनेर गएकि फिर्ता नभएपछि तिन दाजुुभाइ अलपत्र रहेका छन् । तिन दाजुु भाई कान्छि आमा थुुमा दमाई सँग बस्ने गरेको भएपनि पालनपोषणमा समस्या भएको छ । थुुमा सँग पनि आर्थिक नभएपछि गाँउ पेट भर्न गाँउ डुुल्ने गरेका छन् ।
कान्छि आमा थुुमाले भनिन्, आफु सँग सानो घर भन्दा बाहेक केहि छैन्, श्रीमानले दैनिक ज्याला मजदुरी गरेर खाने गरेका छौ, आफ्नो पनि दुुइवटा छोरी छन्, तिनिहरुलाइ कसरी पाल्ने चिन्ता भएको वताए । माथिल्लो जाति कहाँ गएर लुुगाफाटो मागेर तिनिहरुको शरिर छोप्ने काम गरेको वताईन् । एकातिर दलित समुुदाय अर्कोतिर गरिब आर्थिक अबस्था निकै कमजोर भएकाले उनिहरु अलपत्र रहेको स्थानियले वताएका छन् ।
५ बर्षका राजेशले भने कुुनै दिन खान नपाएर भोकै बस्ने गरेका छौ, भाइहरुले भोकले रुने गरेका छन्, कसैले दिएपछि खाने नभए भोकै बस्ने गरेको वताए । लगाउने लुुगा समेत छैन्, पुुरानो फाटो लुुगा लगाइरहेको उनले वताए । स्थानिय कलुुवा लुुवारले भने ३ जना दाजुुभाई बिद्यालय समेत जाने नगरेको वताएका छन्, । लगाउने लुुगा समेत छैन्, तिनिहरुलाइ पठनपठान गर्नका लागि खर्च नभएका कारणले बिद्यालय नजाने गरेको वताए । कलुुवालले अलपत्र दाजुुभाईलाई सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार