शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रचण्ड–माधव पक्षले सांसदहरुलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव पक्षले सांसदहरुलाई छलफलका लागि बोलायो

  • बुधबार, फाल्गुन १२, २०७७
प्रचण्ड–माधव पक्षले सांसदहरुलाई छलफलका लागि बोलायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो ।

सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौँ फर्कदै छन् । प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएको रातोपाटीलाई जानकारी दिए ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार