शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • साफेँ मार्तडी सडक खण्ड अन्तरगत अम्कोटका पिडीतलाइ राहत बितरण

साफेँ मार्तडी सडक खण्ड अन्तरगत अम्कोटका पिडीतलाइ राहत बितरण

  • सोमवार, फाल्गुन १०, २०७७
साफेँ मार्तडी सडक खण्ड अन्तरगत अम्कोटका पिडीतलाइ राहत बितरण

बाजुरा — बाजुरा जिल्लाको साफेँ मार्तडी सडकखण्ड अन्तरगत अम्कोटमा रहेको सडकबाट क्षेती भएका स्थानीयहरुलाई राहत बितरण गरिएको छ । बुढिगंगा नगरपालिका वडा न १ मा रहेका बाढिपिडीतहरुलाई प्रतिब्यक्त ५ हजारका दरले राहत साम्रगी बितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन । बर्षाको समयमा सडक भत्केर क्षेती पुगेको ६३ जनालाई राहत स्वरुप नगद ५ हजार प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
बाजुराको साफेँ मार्तडी सडकखण्ड अन्तरगत अम्कोटमा धेरै क्षेती भएकाले गृह मन्त्रालय लगायत धेरै ठाउँमा समन्वय गरी सो रकम दिन सफल भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताएका छन ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे आफै सम्बन्धीत ठाउँमा पुगेर राहत साम्रगी बितरण गरेको उनले बताए । यता सदरमुकाम मार्तडीमा बोलाएर दिदा पिडितहरुलाई थोरै रकम उनिहरुलाई नबच्ने र आतेजातेमा खर्च हुने भएकोले आफै सोही ठाउँ पुगेर हस्तान्तरण गरेको बताए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे , प्रहरी नायव उपरिक्षक मदनजित महरा ससस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक दिपक बिष्ट लगायतको उपस्थिीतीमा सो रकम बितरण गरेको जिल्ला प्रशासन कार्यालयका लेखापाल लाल बहादुर बिष्टले बताए । उनले भने छुटेका केही मान्छेको केही दिनमा नाम संकलन गरि बितरण गर्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार